बालेन र गुरागाईं ७ महिनापछि आमनेसामने !
काठमाडौं । करिब सात महिना पछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सुरेस गुरागाईं आमनेसामने भएका छन् । नगर प्रमुख शाहले प्रमुख प्रशाशकिय अधिकृत गुरागाईंलाई गरको कारबाहीको विषयलाई लिएर यत्तिका समयसम्म दुवैजना सम्मिलित कुनै बैठक बस्न सकेको थिएन् । आज आगामी आर्थिक वर्षको बजेटको लागि मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठकमा बालेन र गुरागाईं आमनेसामने भएका हुन् । आज महानगर कार्यपालिकाको बैठक समेत बस्दै छ ।
काठमाडौंको पूरानो बसपार्कस्थित काठमाडौं टावर भवन निर्माण नक्सा पासको विषयलाई लिएर प्रमुख शाह र गुरागाईंबिचको सम्बन्धमा दरार पैदा भएको थियो । सोहि कारणले बालेनले आफ्नो पदिय जिम्मेवारी भुल्दै सात महिनासम्म कार्यपालिकाको बैठक नबोलाई बसेका थिए । जसाले गर्दा महानगरपालिकाका कयौं काम प्रभावित बनेको थिए भने गुरागाईंलाई महानगरको आफ्नो कार्यकक्षमा प्रवेश गर्न नदिँदा महानगरमा काम गर्ने कर्मचारीहरुले महिनौंसम्म तलब प्राप्त समेत गरेका थिएनन् ।
हाल देशैभरिका स्थानिय तहले आर्थिक वर्ष २०८२/०८३को बजेट पारित गर्दै गर्दा काठमाडौंको बजेट निर्माणको प्रक्रिया समेत सुरु हुन सकेको छैन् । यसमा नगर प्रमुखको हैसियतले बालेनको मुख्य भूमिका हुनुपर्ने हो तर उनमा त्यसप्रति कुनै जिम्मेवारीबोध भएको देख्न सकिदैन् । ऐनले निर्धारण गरेको स्थानिय सरकारको बजेट निर्माणको समयसिमा नाघेको महिनादिन पुग्न लागिसकेको छ । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरुको ठूलो जडबलकाबिच बल्लातल्ल बालेनले आफ्नो जिद्दिपना छाडेर आज कार्यपालिकाको बैठक बोलाएका हुन् ।
देशकै संघिय राजधानी समेत रहेको काठमाडौं महानगरका प्रमुख शाह आफ्नो जिम्मेवारी भन्दा पनि सचिवालयका व्यक्तिहरुको प्रभावमा परेर अघि बढेको भन्ने आरोप लाग्ने गरेको छ । जसले उनको लोकपृय छविलाई बिस्तारै धुमिल बनाउँदै लगेको उनकै सर्मथकहरु स्विकार्न थालेका छन् । उसोतः शाह आफ्नै स्वकिय सचिव भूपदेव शाह, सल्लाहकार कुमार बेन र अवैतनिक सल्लाहकार सुनिल लम्सालको प्रभावमा परेको र आफनो पदिय दायित्व पूरा गर्नभन्दा पनि विचौलियाको चंगुलमा फसेको चर्चा हुन थालेको छ ।
बालेन एकाएक काठमाडौ महानगर प्रमुखको रुपमा निर्वाचित हुँदा उनको नेपालमा मात्रै नभएर विश्वभरिनै बहुतै चचा भएको थियो तर पछिल्लो समय उनले आफ्नो त्यस्तो लोकपृय छवि धुमिल बनाउँन उनको आफ्नै सचवालयका व्यक्तिहरु बढि हावी हुन मुख्य कारण मान्न थालिएको छ । बालेनको सचिवालयमा स्वकिय सचिव भूपदेव शाह, सल्लाहकार कुमार बेन, अवैतनिक सल्लाहकार सुनिल लम्साल र विनय शाक्य लगायतका विवादीत व्यक्तिहरु रहेका छन् । बालेनमा यिनै व्यक्तिहरुको मुख्य प्रभाव परेको र नगरवासीको अपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
उसोतः शाहको सचिवालयमा रहेका भूपदेव शाह विभिन्न समयमा सञ्चार माध्यममा दिएका अभिव्यक्तिकै कारण विवादीत बन्दै आएका छन् । कुमार बेन ललितपूर महानगरमा दशपटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारका भतिजा हुन् । उनले, काठमाडौं महानगरमा निर्माण हुने सार्वजनिक सम्पदाहरु जस्तै, फाल्चा, हिटि, पोखरीको ठेक्का आफनो पोल्टामा पारेर ठूलो रकम झ्वाम पार्दै आएको आरोप लाग्ने गरको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











