बालेन र गुरागाईं ७ महिनापछि आमनेसामने !
काठमाडौं । करिब सात महिना पछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सुरेस गुरागाईं आमनेसामने भएका छन् । नगर प्रमुख शाहले प्रमुख प्रशाशकिय अधिकृत गुरागाईंलाई गरको कारबाहीको विषयलाई लिएर यत्तिका समयसम्म दुवैजना सम्मिलित कुनै बैठक बस्न सकेको थिएन् । आज आगामी आर्थिक वर्षको बजेटको लागि मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठकमा बालेन र गुरागाईं आमनेसामने भएका हुन् । आज महानगर कार्यपालिकाको बैठक समेत बस्दै छ ।
काठमाडौंको पूरानो बसपार्कस्थित काठमाडौं टावर भवन निर्माण नक्सा पासको विषयलाई लिएर प्रमुख शाह र गुरागाईंबिचको सम्बन्धमा दरार पैदा भएको थियो । सोहि कारणले बालेनले आफ्नो पदिय जिम्मेवारी भुल्दै सात महिनासम्म कार्यपालिकाको बैठक नबोलाई बसेका थिए । जसाले गर्दा महानगरपालिकाका कयौं काम प्रभावित बनेको थिए भने गुरागाईंलाई महानगरको आफ्नो कार्यकक्षमा प्रवेश गर्न नदिँदा महानगरमा काम गर्ने कर्मचारीहरुले महिनौंसम्म तलब प्राप्त समेत गरेका थिएनन् ।
हाल देशैभरिका स्थानिय तहले आर्थिक वर्ष २०८२/०८३को बजेट पारित गर्दै गर्दा काठमाडौंको बजेट निर्माणको प्रक्रिया समेत सुरु हुन सकेको छैन् । यसमा नगर प्रमुखको हैसियतले बालेनको मुख्य भूमिका हुनुपर्ने हो तर उनमा त्यसप्रति कुनै जिम्मेवारीबोध भएको देख्न सकिदैन् । ऐनले निर्धारण गरेको स्थानिय सरकारको बजेट निर्माणको समयसिमा नाघेको महिनादिन पुग्न लागिसकेको छ । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरुको ठूलो जडबलकाबिच बल्लातल्ल बालेनले आफ्नो जिद्दिपना छाडेर आज कार्यपालिकाको बैठक बोलाएका हुन् ।
देशकै संघिय राजधानी समेत रहेको काठमाडौं महानगरका प्रमुख शाह आफ्नो जिम्मेवारी भन्दा पनि सचिवालयका व्यक्तिहरुको प्रभावमा परेर अघि बढेको भन्ने आरोप लाग्ने गरेको छ । जसले उनको लोकपृय छविलाई बिस्तारै धुमिल बनाउँदै लगेको उनकै सर्मथकहरु स्विकार्न थालेका छन् । उसोतः शाह आफ्नै स्वकिय सचिव भूपदेव शाह, सल्लाहकार कुमार बेन र अवैतनिक सल्लाहकार सुनिल लम्सालको प्रभावमा परेको र आफनो पदिय दायित्व पूरा गर्नभन्दा पनि विचौलियाको चंगुलमा फसेको चर्चा हुन थालेको छ ।
बालेन एकाएक काठमाडौ महानगर प्रमुखको रुपमा निर्वाचित हुँदा उनको नेपालमा मात्रै नभएर विश्वभरिनै बहुतै चचा भएको थियो तर पछिल्लो समय उनले आफ्नो त्यस्तो लोकपृय छवि धुमिल बनाउँन उनको आफ्नै सचवालयका व्यक्तिहरु बढि हावी हुन मुख्य कारण मान्न थालिएको छ । बालेनको सचिवालयमा स्वकिय सचिव भूपदेव शाह, सल्लाहकार कुमार बेन, अवैतनिक सल्लाहकार सुनिल लम्साल र विनय शाक्य लगायतका विवादीत व्यक्तिहरु रहेका छन् । बालेनमा यिनै व्यक्तिहरुको मुख्य प्रभाव परेको र नगरवासीको अपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
उसोतः शाहको सचिवालयमा रहेका भूपदेव शाह विभिन्न समयमा सञ्चार माध्यममा दिएका अभिव्यक्तिकै कारण विवादीत बन्दै आएका छन् । कुमार बेन ललितपूर महानगरमा दशपटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारका भतिजा हुन् । उनले, काठमाडौं महानगरमा निर्माण हुने सार्वजनिक सम्पदाहरु जस्तै, फाल्चा, हिटि, पोखरीको ठेक्का आफनो पोल्टामा पारेर ठूलो रकम झ्वाम पार्दै आएको आरोप लाग्ने गरको छ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...











