आजको राशिफल: २०८२ असार ३० गते सोमबार
मेष : रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
वृष: मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ। अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
मिथुन: भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कर्कट: बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ।
सिंह: दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। भ्रमण, खानपान र किनमेलमा केही खर्च हुनेछ। तापनि मिहिनेत गर्दा चिताएकाे काम गर्न सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
कन्या: अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
तुला : मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
वृश्चिक : तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।
धनु: कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।
मकर:नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। तारिफयाेग्य काम गर्दै लाेकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
कुम्भ: नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ।
मीन:आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। पछिका लागि लगानी गर्ने समय छ। खर्च लागे पनि दिगाे काम गर्न सकिनेछ। खर्चिलाे याेजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
अध्यक्ष जित्न ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउदै, के गर्लान ईश्वर पोखरेल ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी प्रस्ताव लैजाने भएका छन्। केन्द्रिय...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












