आजको राशिफल: २०८२ असार ३० गते सोमबार
मेष : रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
वृष: मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ। अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
मिथुन: भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कर्कट: बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ।
सिंह: दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। भ्रमण, खानपान र किनमेलमा केही खर्च हुनेछ। तापनि मिहिनेत गर्दा चिताएकाे काम गर्न सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
कन्या: अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
तुला : मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
वृश्चिक : तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।
धनु: कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।
मकर:नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। तारिफयाेग्य काम गर्दै लाेकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
कुम्भ: नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ।
मीन:आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। पछिका लागि लगानी गर्ने समय छ। खर्च लागे पनि दिगाे काम गर्न सकिनेछ। खर्चिलाे याेजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












