ताजा समाचार

सुनसरीमा गोली हानेर सालीको हत्या

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– ६ घुस्कीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् । गएराती करिब १ बजे १८ वर्षीया किशोरी अर्सी खातुनको गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार किशोरीको हत्या उनकै भिनाजु, भारत बिहारस्थित पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिँया जटले गरेका हुन् । गोली टाउकोमा लागेका कारण घटनास्थलमै अर्सीको ज्यान गएको थियो। हत्या पछि आजात मिया फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हत्या पारिवारिक नातामा संलग्न व्यक्तिबाट भएकाले परिवारभित्रको आन्तरिक समस्या र सम्बन्धका कारण भएको हुन सक्ने प्रहरी आशंका छ।

अभियुक्तको भारतमा समेत हत्या, अपहरण, चोरी र डकैती लगायतका दर्जनौ मुद्दा छ । उनी भारतमा अपराध गरेर नेपाल पस्ने र नेपालमा अपराध गरेर भारत पस्ने गर्दै आएको प्रहरी अनुसन्धानवाट खुलेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org