ताजा समाचार

राजकुमार गुप्ता घूस अडियो प्रकरण: देवेन्द्र पौडेलले सम्झिए गोकुल बास्कोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको भनेर सार्वजनिक भएको अडियोबारे सरकारको धारणा मागेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा राजकुमार गुप्ताको अडियोबारे बोल्दा सांसद पौडेलले एमालेकै सांसद गोकुल बास्कोटाले प्रश्न उठेपछि संचारमन्त्रीबाट राजीनामा दिएको स्मरण समेत गराएका छन् ।

पौडेलले भने ‘घुस लेनदेनको विषयमा केही माननीय मन्त्रीज्यूको अडियो सार्वजनिक भएको छ। प्रधानमन्त्री केपीजी हुँदैखेरि गोकुल बास्कोटाजी यस्तै कुरा सार्वजनिक हुँदा राजीनामा दिनुभएको थियो’ । सांसद पौडेलले अहिले आएको गुप्ताको अडियोको सन्दर्भमा सरकारले जवाफ दिनुपर्ने माग दोहोर्‍याए ।

‘हामी भ्रष्टाचार गर्दैनौं’ भन्ने प्रधानमन्त्री ओलीको सार्वजनिक प्रतिवद्धता रहेको स्मरण गर्दै उनले भने, ‘शून्य सहनशिलता कहाँ छ ? भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ रु लोकतन्त्रको इमान कहाँ छ ? इथिक्स, मुल्य र मान्यता कहाँ छ ?’

जसले लजे मन लाग्यो त्यही गर्ने प्रवृति रहेको उल्लेख गर्दै उनले मन्त्री गुप्ताको अडियोका सन्दर्भमा सरकारबाट जवाफ आउनुपर्ने बताए । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने योजना ल्याउनुपर्ने उनको आग्रह छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org