चीनबाट अमेरिकामा भएको निर्यात अपेक्षा गरिएभन्दा धेरै
काठमाडौं । गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुन महिनामा अपेक्षा गरिएभन्दा बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
चीनको सामान्य कर प्रशासनको तथ्याङ्क अनुसार निर्यात अघिल्लो वर्षको यही महिनाको तुलनामा ५ दशमलव ८ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरूले ब्लुमबर्ग सर्वेक्षणमा गरेको ५ प्रतिशतको पूर्वानुमानभन्दा धेरै हो । यस्तै यो अवधिमा अमेरिकातर्फको आयात १ दशमलव १ प्रतिशतले बढेको खबरमा उल्लेख छ । यो अघिल्लो वर्षको जुन महिनाको भन्दा ० दशमलव ३ प्रतिशतले धेरै हो र यो वर्ष देखिएको पहिलो वृद्धि हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक कर वृद्धिका कारण वाशिङ्गटनसँगको व्यापार युद्धका कारण आर्थिक वृद्धिलाई निरन्तरता दिने बेइजिङको प्रयास प्रभावित भएको छ, यद्यपि गएको महिना बेलायतको लन्डनमा भएको वार्तामा दुई देशबीचको विवाद कम भएको थियो ।
आज आयोजित पत्रकार सम्मेलनमा भन्सार अधिकारी वाङ लिङ्जुनले अमेरिकी करवृद्धिको युद्धविराम कठिन जीत रहेको बताउनुभयो । धम्काएर वा जबरजस्ती गरेर बाहिर निस्कने कुनै उपाय नभएकाले संवाद रसहकार्य नै सही बाटो रहेको उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












