चीनबाट अमेरिकामा भएको निर्यात अपेक्षा गरिएभन्दा धेरै
काठमाडौं । गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुन महिनामा अपेक्षा गरिएभन्दा बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
चीनको सामान्य कर प्रशासनको तथ्याङ्क अनुसार निर्यात अघिल्लो वर्षको यही महिनाको तुलनामा ५ दशमलव ८ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरूले ब्लुमबर्ग सर्वेक्षणमा गरेको ५ प्रतिशतको पूर्वानुमानभन्दा धेरै हो । यस्तै यो अवधिमा अमेरिकातर्फको आयात १ दशमलव १ प्रतिशतले बढेको खबरमा उल्लेख छ । यो अघिल्लो वर्षको जुन महिनाको भन्दा ० दशमलव ३ प्रतिशतले धेरै हो र यो वर्ष देखिएको पहिलो वृद्धि हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक कर वृद्धिका कारण वाशिङ्गटनसँगको व्यापार युद्धका कारण आर्थिक वृद्धिलाई निरन्तरता दिने बेइजिङको प्रयास प्रभावित भएको छ, यद्यपि गएको महिना बेलायतको लन्डनमा भएको वार्तामा दुई देशबीचको विवाद कम भएको थियो ।
आज आयोजित पत्रकार सम्मेलनमा भन्सार अधिकारी वाङ लिङ्जुनले अमेरिकी करवृद्धिको युद्धविराम कठिन जीत रहेको बताउनुभयो । धम्काएर वा जबरजस्ती गरेर बाहिर निस्कने कुनै उपाय नभएकाले संवाद रसहकार्य नै सही बाटो रहेको उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











