विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने मौसमविदहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीदेखि लुम्बिनीसम्मका धेरै जिल्लामा अघिल्लो दिनको तुलनामा आज र भोलि बढी वर्षा हुने सम्भावना छ। मधेश प्रदेश, जुन हाल सुक्खा अवस्थाबाट प्रभावित छ, त्यहाँ पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार, आज राति मधेश प्रदेशको पूर्वी भाग र भोलि राति पुरै मधेश प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षा हुन सक्नेछ। धेरै दिनदेखि मनसुन सक्रिय भए पनि मधेशमा वर्षा नपरेपछि सरकारले केही भूभागलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। वर्षा नहुँदा धान रोपाइँ ठप्प छ र रोपिएका खेतहरू समेत चिरा परेका छन्। तर, आज र भोलिको सम्भावित वर्षाले केही राहत मिल्न सक्ने आशा गरिएको छ। यद्यपि, वर्षाको परिमाणबारे यकिन गर्न गाह्रो रहेको मौसमविद् बताउँछन्।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने ती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महर्जनले जनाएकी छिन्। गएराति ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीमाडी, पर्वतको पञ्चासे, अर्घाखाँची लगायतका ठाउँमा भारी वर्षा मापन गरिएको थियो।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले मनसुन सक्रियतासँगै काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बग्ने साना नदीहरूमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको खतरा रहेको छ। त्यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वतलगायत जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
अन्य जोखिमयुक्त जिल्लामा लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला समेत परेका छन्। विभागले यी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











