विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने मौसमविदहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीदेखि लुम्बिनीसम्मका धेरै जिल्लामा अघिल्लो दिनको तुलनामा आज र भोलि बढी वर्षा हुने सम्भावना छ। मधेश प्रदेश, जुन हाल सुक्खा अवस्थाबाट प्रभावित छ, त्यहाँ पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार, आज राति मधेश प्रदेशको पूर्वी भाग र भोलि राति पुरै मधेश प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षा हुन सक्नेछ। धेरै दिनदेखि मनसुन सक्रिय भए पनि मधेशमा वर्षा नपरेपछि सरकारले केही भूभागलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। वर्षा नहुँदा धान रोपाइँ ठप्प छ र रोपिएका खेतहरू समेत चिरा परेका छन्। तर, आज र भोलिको सम्भावित वर्षाले केही राहत मिल्न सक्ने आशा गरिएको छ। यद्यपि, वर्षाको परिमाणबारे यकिन गर्न गाह्रो रहेको मौसमविद् बताउँछन्।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने ती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महर्जनले जनाएकी छिन्। गएराति ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीमाडी, पर्वतको पञ्चासे, अर्घाखाँची लगायतका ठाउँमा भारी वर्षा मापन गरिएको थियो।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले मनसुन सक्रियतासँगै काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बग्ने साना नदीहरूमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको खतरा रहेको छ। त्यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वतलगायत जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
अन्य जोखिमयुक्त जिल्लामा लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला समेत परेका छन्। विभागले यी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












