ताजा समाचार

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त (यस्तो छ मन्त्रिपरिषद्)

काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतीको कार्यालयले जनाएको छ ।

यसअघि नेकपा एमालेबाट निर्वाचित सांसद राजकुमार गुप्ता संघियमामिला तथा सामान्य प्रशासन मन्त्री थिए । उनको बिचौलियासँग घुस डिल गरेको अडियो सार्वजनिक भएसँगै आज मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

यस्तो छ वर्तमान मन्त्रीपरिषद् !

क्र.सं. नाम, थर कार्य विभाजन सम्पर्क नम्वर
कार्यालय निवास
सम्माननीय प्रधानमन्त्री
श्री केपी शर्मा ओली
माननीय उपप्रधानमन्त्री
श्री प्रकाशमान सिंह सहरी विकास
श्री विष्णुप्रसाद पौडेल अर्थ
माननीय मन्त्री
श्री पृथ्वी सुब्बा गुरुङ सञ्‍चार तथा सूचना प्रविधि
श्री रमेश लेखक गृह
श्री शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु राणा देउवा परराष्ट्र
श्री रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि
श्री प्रदीप यादव खानेपानी
१० श्री बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११ श्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति
१२ श्री नवलकिसोर साह सुडी महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
१३ श्री देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात
१४ श्री तेजुलाल चौधरी युवा तथा खेलकुद
१५ श्री बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६ श्री अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिला
१७ श्री प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या
१८ श्री रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास
१९ श्री मानवीर राई रक्षा
२० श्री दिपक खड्का ऊर्जा, जलस्रोत तथा सिंचाइ
२१ श्री भगवती न्यौपाने सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
२२ श्री ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण
माननीय राज्यमन्त्री
२३ श्री अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२४ श्री रुपा वि.क. वन तथा वातावरण
२५ श्री खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिंचाइ

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org