भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त (यस्तो छ मन्त्रिपरिषद्)
काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतीको कार्यालयले जनाएको छ ।
यसअघि नेकपा एमालेबाट निर्वाचित सांसद राजकुमार गुप्ता संघियमामिला तथा सामान्य प्रशासन मन्त्री थिए । उनको बिचौलियासँग घुस डिल गरेको अडियो सार्वजनिक भएसँगै आज मन्त्रीपदबाट राजीनामा दिएका थिए ।
यस्तो छ वर्तमान मन्त्रीपरिषद् !
| क्र.सं. | नाम, थर | कार्य विभाजन | सम्पर्क नम्वर | |
| कार्यालय | निवास | |||
| सम्माननीय प्रधानमन्त्री | ||||
| १ | श्री केपी शर्मा ओली | |||
| माननीय उपप्रधानमन्त्री | ||||
| २ | श्री प्रकाशमान सिंह | सहरी विकास | ||
| ३ | श्री विष्णुप्रसाद पौडेल | अर्थ | ||
| माननीय मन्त्री | ||||
| ४ | श्री पृथ्वी सुब्बा गुरुङ | सञ्चार तथा सूचना प्रविधि | ||
| ५ | श्री रमेश लेखक | गृह | ||
| ६ | श्री शरतसिंह भण्डारी | श्रम, रोजगार तथा सामाजिक सुरक्षा | ||
| ७ | डा. आरजु राणा देउवा | परराष्ट्र | ||
| ८ | श्री रघुजी पन्त | शिक्षा, विज्ञान तथा प्रविधि | ||
| ९ | श्री प्रदीप यादव | खानेपानी | ||
| १० | श्री बलराम अधिकारी | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण | ||
| ११ | श्री दामोदर भण्डारी | उद्योग, वाणिज्य तथा आपूर्ति | ||
| १२ | श्री नवलकिसोर साह सुडी | महिला,बालबालिका तथा ज्येष्ठ नागरिक | ||
| १३ | श्री देवेन्द्र दाहाल | भौतिक पूर्वाधार तथा यातायात | ||
| १४ | श्री तेजुलाल चौधरी | युवा तथा खेलकुद | ||
| १५ | श्री बद्रीप्रसाद पाण्डे | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन | ||
| १६ | श्री अजयकुमार चौरसिया | कानून, न्याय तथा संसदीय मामिला | ||
| १७ | श्री प्रदीप पौडेल | स्वास्थ्य तथा जनसंख्या | ||
| १८ | श्री रामनाथ अधिकारी | कृषि तथा पशुपन्छी विकास | ||
| १९ | श्री मानवीर राई | रक्षा | ||
| २० | श्री दिपक खड्का | ऊर्जा, जलस्रोत तथा सिंचाइ | ||
| २१ | श्री भगवती न्यौपाने | सङ्घीय मामिला तथा सामान्य प्रशासन | ||
| २२ | श्री ऐनबहादुर शाही ठकुरी | वन तथा वातावरण | ||
| माननीय राज्यमन्त्री | ||||
| २३ | श्री अरुणकुमार चौधरी | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन | ||
| २४ | श्री रुपा वि.क. | वन तथा वातावरण | ||
| २५ | श्री खमबहादुर गर्बुजा | ऊर्जा, जलस्रोत तथा सिंचाइ | ||
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












