३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्र पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौं । गतवर्ष ३५ जनाको ज्यान जाने गरेर असोज ११ र १२ को परेको अबिरल वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त नागढुंगा–नौबिसे सडकखण्डअन्र्तगतको झ्याप्ले खोलाको पहिरो व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। करिब २ करोड लागतमा उक्त क्षेत्रमा पुनर्निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
क्षतिको पुनः र्निर्माण र तत्कालका लागि पहिरो रोकथामको काम भइरहेको निर्माणकर्ताले बताएको भनाई छ । उक्त पुनर्निर्माणको काम आगामी साउनसम्म सक्ने योजना रहेको रहेको छ ।
काठमाडौंको चन्द्रागिरि–२ मा पर्ने र धादिङ जिल्लाको सिमानानजिकै रहेको झ्याप्लेखोलास्थित त्रिभुवन राजपथमा माथिबाट पहिरो खसेको पहिरोमा परेर काठमाडौँतर्फ जाँदै गरेका लु १ ज ४५७८ को टाटा बिंगर, बा २ ख १३४५ को ह्यास माइक्रोबस र ना ४ ख २२७० को बस पुरिदाँ, ३५ जनाको ज्यान गएको थियो। यस्तै, बा १ प १३८८, बा १ प ८, बा २ ख १७४१ र भारतीय नम्बर एचआरएबी ७०७० को सवारीसाधनमा पनि क्षति भएको थियो।
पहिरो नागढुंगा चोकबाट ६ सय मिटर अगाडिदेखि सुरु भई २.७ किलोमिटर तलसम्म खसेको थियो। पहिरोले नागढुंगा–नौबिसे सडकखण्डमा क्षति भएको थियो। अहिले उक्त सडकखण्डमा क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पहिरो व्यावस्थापनका लागि पहिरो जाँदा पहिला लगाएको पर्खाल जोखिमपूर्ण अवस्थामा रहेकाले त्यसलाई जोगाउन माइक्रो पायलिङ गरिएको छ।
त्यस्तै, पहिरो गएको तल्लो क्षेत्रमा ग्याबिन पर्खाल लगाउने काम पनि लगभग सक्किएको छ, भने, पहिरोले भत्किएको पर्खालमा अर्को पर्खाल निर्माणका लागि ‘स्वायल एंकर’ गर्नुपर्ने काम अघि बढाइएको छ। सबै काम आगामी साउनसम्ममा पूर्णरुपमा सकिने निर्माणकर्ताको भनाई छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












