३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्र पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौं । गतवर्ष ३५ जनाको ज्यान जाने गरेर असोज ११ र १२ को परेको अबिरल वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त नागढुंगा–नौबिसे सडकखण्डअन्र्तगतको झ्याप्ले खोलाको पहिरो व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। करिब २ करोड लागतमा उक्त क्षेत्रमा पुनर्निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
क्षतिको पुनः र्निर्माण र तत्कालका लागि पहिरो रोकथामको काम भइरहेको निर्माणकर्ताले बताएको भनाई छ । उक्त पुनर्निर्माणको काम आगामी साउनसम्म सक्ने योजना रहेको रहेको छ ।
काठमाडौंको चन्द्रागिरि–२ मा पर्ने र धादिङ जिल्लाको सिमानानजिकै रहेको झ्याप्लेखोलास्थित त्रिभुवन राजपथमा माथिबाट पहिरो खसेको पहिरोमा परेर काठमाडौँतर्फ जाँदै गरेका लु १ ज ४५७८ को टाटा बिंगर, बा २ ख १३४५ को ह्यास माइक्रोबस र ना ४ ख २२७० को बस पुरिदाँ, ३५ जनाको ज्यान गएको थियो। यस्तै, बा १ प १३८८, बा १ प ८, बा २ ख १७४१ र भारतीय नम्बर एचआरएबी ७०७० को सवारीसाधनमा पनि क्षति भएको थियो।
पहिरो नागढुंगा चोकबाट ६ सय मिटर अगाडिदेखि सुरु भई २.७ किलोमिटर तलसम्म खसेको थियो। पहिरोले नागढुंगा–नौबिसे सडकखण्डमा क्षति भएको थियो। अहिले उक्त सडकखण्डमा क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पहिरो व्यावस्थापनका लागि पहिरो जाँदा पहिला लगाएको पर्खाल जोखिमपूर्ण अवस्थामा रहेकाले त्यसलाई जोगाउन माइक्रो पायलिङ गरिएको छ।
त्यस्तै, पहिरो गएको तल्लो क्षेत्रमा ग्याबिन पर्खाल लगाउने काम पनि लगभग सक्किएको छ, भने, पहिरोले भत्किएको पर्खालमा अर्को पर्खाल निर्माणका लागि ‘स्वायल एंकर’ गर्नुपर्ने काम अघि बढाइएको छ। सबै काम आगामी साउनसम्ममा पूर्णरुपमा सकिने निर्माणकर्ताको भनाई छ ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












