सरकारबाट बाहिरियो जसपा, राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा !
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आज बुधबार संसदीय दलको बैठक बस्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै समर्थन फिर्ता लिने घोषणा गरेको थियो । अध्यक्ष यादव आफैंले घोषणा गरे पनि औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको संवादको दुई दिनपछि यादव गठबन्धनबाट बाहिरिएका हुन् ।
यसअघि सोबार बालुवाटारमा भएको वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीले यादवलाई मन्त्री बनाउने गरी छलफल गरेका थिए ।
जसपाको यो निर्णयले राष्ट्रियसभामा वर्तमान सरकार स्पष्ट अल्पमतमा परेको छ । यसले माथिल्लो सदनबाट विधेयक अघि बढाउन मुस्किल हुनेछ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












