पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
घोडाघोडी (कैलाली) । लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भई सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा पर्न थालेको हो ।
आमपानी क्षेत्र यसअघि पनि गर्मी छल्न स्थानीय र वरपरका जिल्लाका बासिन्दाका लागि रमणीयस्थलका रूपमा परिचित थियो । कोरोनाको समयमा यो क्षेत्र अझ बढी चर्चामा आएको थियो । कोरोना महामारीको समयमा आवतजावत सीमित हुँदा पनि यहाँ आन्तरिक पर्यटकको चाप बाक्लो देखिन्थ्यो । बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही भन्नुहुन्छ,’ यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीका लागि लोकप्रिय थियो, झरना निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरिएको थियो । राजमार्गदेखि नजिकै शान्त वातावरणमा रहेकाले पनि क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्ने उद्देश्यले झरना निर्माण गरिएको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख डबलबहादुर बोहोराले बताए।
झरना निर्माण हुनुभन्दा पहिले पनि यहाँ शौचालय र पिकनिक स्थल बनाइएको उनले जानकारी दिए । ‘पहिले पनि यहाँको विकास लागि हामी थोरै भए पनि लगानी गरहेका थियौँ, हाल रु ४० लाख खर्चेर झरनाको व्यवस्थापन गरेका छौँ । अब यसको विकासले सामुदायिक वनलाई विश्वास छ । अब यसको संरक्षण र सदुपयोग गर्न जरुरी छ’, इकाइ प्रमुख बोहोराले भने ।
सामुदायिक वनमा रहेको खोलामा झरना निर्माण कार्यका लागि सामुदायिक वनकै अध्यक्ष केशबहादुर रावलको अध्यक्षतामा निर्माण समिति बनाइएको थियो । झरना क्षेत्रमा नुहाउन र पिकनिक गर्न मिल्ने पूर्वाधार विकासका साथै खोलाको व्यवस्थापन गरी झरनामा निरन्तर पानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ । झरनाको पानी सञ्चित गर्न ट्याङ्की, नुहाउने ठाउँ, फोहोरा, कपडा फेर्ने कोठा, शौचालय र पदमार्ग बनाइएको इकाइ प्रमुख बोहराले जानकारी दिनुभयो । झरनाको हेरचाह, सुरक्षा र व्यवस्थापन सामुदायिक वनले गर्दै आएको छ ।
सामुदायिक वनका सचिव शाहीका अनुसार हाल झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । कैलाली, बर्दिया, सुर्खेतलगायत छिमेकी भारतसम्मका पर्यटकहरू पनि यहाँ पुग्ने गरेको शाहीले बताए ।
झरना निर्माणपछि पर्यटकहरुको सङ्ख्या बढे पनि समस्या पनि बढेको उनको भनाइ छ । ‘आमपानी क्षेत्रमा पहिलेदेखि नै सरसफाइको समस्या थियो । झरना निर्माणपछि पर्यटक बढिरहेका छन् । कतिपय पर्यटकले सिसाको बोतल, प्लास्टिकका बोतललगायत फोहर जताततै फालिदिने गरेकाले थप समस्या भएको छ । फोहर फाल्नका लागि बनाइएका डस्टबिन पनि राखेका थियौँ, तिनको प्रयोगमा पनि बेवास्ता भइरहेको छ’, सचिव शाहीले गुनासो गरे ।
अब सामुदायिक वनले सो क्षेत्रलाई व्यवस्थित गर्ने र फोहर व्यवस्थापनका लागि टिकट प्रणाली लागू गरिने जनाइएको छ । ‘चाँडै नै गाउँपालिकालगायत सरोकार भएकाहरूसँग छलफल गरी न्यूनतम शुल्कमा टिकटको व्यवस्था गर्नेछौँ । यसले आम्दानीका साथै पर्यटकको सुरक्षा र जवाफदेहिताका लागि पनि सहयोग पुग्नेछ’, सचिव शाहीले भने । झरना सञ्चालनबाट उठेको आम्दानी सामुदायिक वनको कोषमा जाने हुँदा त्यसले वन संरक्षण, नयाँ पूर्वाधार निर्माण र स्थानीय रोजगारी सिर्जनामा योगदान पु¥याउने अपेक्षा गरिएको छ । छोटो घुमघाम गन्तव्य खोज्नेहरूका लागि आमपानी झरना नयाँ आशा बनेको स्थानीयको भनाइ छ । -रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












