दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा रहेको नजिर सम्पादन तथा प्रकाशन समितिले बुधबार २०१० सालको नेपाल कानून पत्रिका प्रकाशित गरेको हो।
यो पहल दीर्घकालीन दृष्टिमा केवल दस्तावेज प्रकाशन नभई, न्यायको सुदृढीकरण र विधिकफ शासन जग बलियो बनाउने कार्यका रूपमा लिइएको छ। नेपालको नजिरहरू न्यायिक निर्णयको स्रोत मात्रै नभई, भावी कानुनी व्याख्याको दिशानिर्देशक पनि हुने भएकाले यसको प्रकाशन र सरलीकरणले दूरगामी महत्व राख्दै आएको छ।
नजिर प्रकाशन कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आधुनिक न्यायप्रणाली गर्विलो र समृद्ध बनाउन जरुरी रहेको भन्दै पुराना मुद्दाको फैसला खोजगरी सङ्ग्रह गर्ने कामको सुरुवात भएकोले यसले निन्तरता पाउनुपर्ने बताए।
उनले भने, “प्राचीन कानूनी अभिलेखहरू ऐतिहासिक सम्पदा हुन् र आधुनिक न्यायपालिकालाई गौरवशाली र समृद्ध बनाउने माध्यमहरू हुन्। पुराना विचार–निर्णयहरू पुनःपत्ता लगाउन र संकलन गर्न गरिएको प्रयास प्रशंसायोग्य छ र यसलाई निरन्तरता दिनुपर्छ।” उनका अनुसार, विधिको शासन कायम राख्न, नागरिकमा विश्वास जगाउन र समान प्रकृतिको निर्णय/फैसला सुनिश्चित गर्न यस्ता अभिलेखहरूको भूमिका प्रमुख हुनेछ।
समारोहमा नजिर सम्पादन समितिका संयोजक न्यायाधीश हरिप्रसाद फुयालले नजिर प्रकाशनको आवश्यकतालाई थप स्पष्ट पार्दै ‘नजिरहरू विधिको स्थायित्वको मेरुदण्ड’ रहेको उल्लेख गरे। प्रधान न्यायालयका फैसला अनुसन्धान तथा प्रकाशनको नेतृत्व गरिरहेका न्यायाधीश फुयालले वर्तमान प्रधानन्यायाधीश राउतको कार्यकालभित्रै २०१३ सम्मका फैसला प्रकाशित गरिसक्ने योजना सार्वजनिक गरे ।
नजिर सम्पादन तथा प्रकाशन समितिमा न्यायाधीश सुनिलकुमार पोखरेल, मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार भद्रकाली पोखरेल, नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेलगायत सदस्य रहेको समितिले प्रकाशनसँगै अनलाइनका त्रुटि सच्याउने प्रक्रिया प्रारम्भ गरिसकेको छ। सटिक र स्पष्ट फैसला अंशलाई मात्र नजिरमा समेटने काम पनि पछिल्ला वर्षहरूमा बढ्दै गएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











