दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा रहेको नजिर सम्पादन तथा प्रकाशन समितिले बुधबार २०१० सालको नेपाल कानून पत्रिका प्रकाशित गरेको हो।
यो पहल दीर्घकालीन दृष्टिमा केवल दस्तावेज प्रकाशन नभई, न्यायको सुदृढीकरण र विधिकफ शासन जग बलियो बनाउने कार्यका रूपमा लिइएको छ। नेपालको नजिरहरू न्यायिक निर्णयको स्रोत मात्रै नभई, भावी कानुनी व्याख्याको दिशानिर्देशक पनि हुने भएकाले यसको प्रकाशन र सरलीकरणले दूरगामी महत्व राख्दै आएको छ।
नजिर प्रकाशन कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आधुनिक न्यायप्रणाली गर्विलो र समृद्ध बनाउन जरुरी रहेको भन्दै पुराना मुद्दाको फैसला खोजगरी सङ्ग्रह गर्ने कामको सुरुवात भएकोले यसले निन्तरता पाउनुपर्ने बताए।
उनले भने, “प्राचीन कानूनी अभिलेखहरू ऐतिहासिक सम्पदा हुन् र आधुनिक न्यायपालिकालाई गौरवशाली र समृद्ध बनाउने माध्यमहरू हुन्। पुराना विचार–निर्णयहरू पुनःपत्ता लगाउन र संकलन गर्न गरिएको प्रयास प्रशंसायोग्य छ र यसलाई निरन्तरता दिनुपर्छ।” उनका अनुसार, विधिको शासन कायम राख्न, नागरिकमा विश्वास जगाउन र समान प्रकृतिको निर्णय/फैसला सुनिश्चित गर्न यस्ता अभिलेखहरूको भूमिका प्रमुख हुनेछ।
समारोहमा नजिर सम्पादन समितिका संयोजक न्यायाधीश हरिप्रसाद फुयालले नजिर प्रकाशनको आवश्यकतालाई थप स्पष्ट पार्दै ‘नजिरहरू विधिको स्थायित्वको मेरुदण्ड’ रहेको उल्लेख गरे। प्रधान न्यायालयका फैसला अनुसन्धान तथा प्रकाशनको नेतृत्व गरिरहेका न्यायाधीश फुयालले वर्तमान प्रधानन्यायाधीश राउतको कार्यकालभित्रै २०१३ सम्मका फैसला प्रकाशित गरिसक्ने योजना सार्वजनिक गरे ।
नजिर सम्पादन तथा प्रकाशन समितिमा न्यायाधीश सुनिलकुमार पोखरेल, मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार भद्रकाली पोखरेल, नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेलगायत सदस्य रहेको समितिले प्रकाशनसँगै अनलाइनका त्रुटि सच्याउने प्रक्रिया प्रारम्भ गरिसकेको छ। सटिक र स्पष्ट फैसला अंशलाई मात्र नजिरमा समेटने काम पनि पछिल्ला वर्षहरूमा बढ्दै गएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












