माधवसँग एकताको गाँठो कस्दै वामदेव
काठमाडौं । कुनै समय नेपालमा समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छु भनेर उग्रवामपन्थी अभिव्यक्ति दिने वामदेव गौतमले आज माधव कुमार नेपालसँग एकताको गाँठो कस्दै छन् । वि.सं २०७७ पछि मुल पार्टी एमालेबाट विरक्तीएर बाहिरिएका दुवै नेताबिच आज पुर्नमिलन हुन लगेको हो ।
नेकपा एमाले र नेकपा माओवादीबिच वि.सं २०७५ जेठ ३ गते पार्टी एकता भएसँगै बनेको विशाल कम्युनिष्ट पार्टीले आफ्नो एकतालाई कायम राख्न नसकि दुईवर्ष नबित्दै वि.सं २०७७ सालमा विभाजन भएसँगै एमाले र माओवादीको एकता टुटेको थियो । सोहि समयमा एमाले भित्रको आन्तरीक विवाद र असमझदारीकै कारण तत्कालीन समयमा सबैभन्दा ठूलो पार्टी एमालेका २३ जना सांसद सहित पार्टी विभाजन गरेका थिए । वामदेव गौतम भने २०५५ सालमा भएको एमाले विभाजनले आफु अघाएको बताउँदै विभाजीत पार्टीबिच एकता गराउँने भन्दै छुट्टै नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए ।
गौतम, वि.सं २०५५ सालमा एमाले फुटाएर मालेको अध्यक्ष बनेर पहिल्यै पार्टी विभाजनको तितो अनुभावले चेतिएकै कारण पार्टी विभाजनको पक्षमा खुलेर लाग्न पनि सकेका थिएनन् । तर वामदेवको प्रयासले कुनै माखो मार्न नसक्दा अन्तिम अवस्थामा आफै एमालेमा मिल्न लामो प्रयास नगरेका पनि होइनन्, तर एमालेले सहजै नस्किादाँ उनि एतान उताको बन्ने अवस्थामा पुगेका थिए । उनले सार्वजनिक समारोहमा नै पटकपटक आफु एमालेमा समाहित हुने चाहना व्यक्त गरे पनि उनलाई नत अध्यक्ष केपी शर्मा ओलीले नै हार्दिकताका साथ स्वागत गर्न सके नत उनको चाहनालाई एमालेमा उठाउँने कुनै नेता नै निस्कियो । उसोतः गौतम एमालेमा आउँन चाहेको बताउँदै आए पनि माधव नेपालसँग पनि उत्तिकै हिमचिममा थिए ।
गौतम, नेपालका पूराना वामपन्थी आन्दोलनका अग्रपङ्तीका नेताका रुपमा चिन्ने गरिन्छ । प्युठानमा २००४ सालमा जन्मिएका उनि वि.सं २०१९ सालबाट आन्दोलमा सक्रिय रुपमा लागेका थिए । उनि पहिलो पटक २०४८ सालमा बर्दिया १ बाट सांसदमा निर्वाचित बनेका थिए भने, २०५१ सालमा दोश्रो पठक सांसद् दोहोर्याए र २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचि हुँदा २०७४ सालमा भने निर्वाचनमा पराजित भएका थिए । पछि एमालेले उनलाई राष्ट्रियसभा सदस्यमा बनाएको थियो ।
उसोतः एकीकृत समाजवादी भित्रको विवाद र असमझदारी अहिले छताछ’ल्ल छ । अध्यक्ष माधव कुमार नेपाल आफै भ्रष्ट्राचार मुद्धामा मुछिएर सांसद पदसमेत निलम्बनमा परेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई काभ्रेको पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैया बिगो जरिवाना सहित मुद्धा दायर गरेको थियो । भने हाल उनि माथि अनुसन्धान भइरहेको छ । त्यति मात्रै होइन पार्टीकी प्रभावसाली नेतृ मानिएकी रामक’मारी झाक्रिले आफ्नै अध्यक्षलाई मरेको सिनोको संज्ञा दिदै मार्ग प्रसस्त गर्न च’नौती दिएकी थिन् ।
आज यिनै नेताहरु वामदेव गौतम र माधव नेपालको पार्टीबिच पूर्वनिर्धारित समय र स्थान अनुसार एकता घोषणा आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहको एक समारोहमा हुने कार्यक्रम हुदैँछ । यस एकता घोषणालाई माधव नेपाल र वामदेव गौतमबिचको पुनः मिलनको रुपमा लिइएको छ । यस एकतालाई दुई पूर्व एमालेकर्मी बिचको एकताका रुपमा विश्लषण भइरहेको छ । गत असार २७ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकता गर्ने गरी हस्ताक्षर गर्दै एकता गर्ने घोषणा गरेका थिए ।
Comments
अरु समाचार
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...











