माधवसँग एकताको गाँठो कस्दै वामदेव
काठमाडौं । कुनै समय नेपालमा समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छु भनेर उग्रवामपन्थी अभिव्यक्ति दिने वामदेव गौतमले आज माधव कुमार नेपालसँग एकताको गाँठो कस्दै छन् । वि.सं २०७७ पछि मुल पार्टी एमालेबाट विरक्तीएर बाहिरिएका दुवै नेताबिच आज पुर्नमिलन हुन लगेको हो ।
नेकपा एमाले र नेकपा माओवादीबिच वि.सं २०७५ जेठ ३ गते पार्टी एकता भएसँगै बनेको विशाल कम्युनिष्ट पार्टीले आफ्नो एकतालाई कायम राख्न नसकि दुईवर्ष नबित्दै वि.सं २०७७ सालमा विभाजन भएसँगै एमाले र माओवादीको एकता टुटेको थियो । सोहि समयमा एमाले भित्रको आन्तरीक विवाद र असमझदारीकै कारण तत्कालीन समयमा सबैभन्दा ठूलो पार्टी एमालेका २३ जना सांसद सहित पार्टी विभाजन गरेका थिए । वामदेव गौतम भने २०५५ सालमा भएको एमाले विभाजनले आफु अघाएको बताउँदै विभाजीत पार्टीबिच एकता गराउँने भन्दै छुट्टै नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए ।
गौतम, वि.सं २०५५ सालमा एमाले फुटाएर मालेको अध्यक्ष बनेर पहिल्यै पार्टी विभाजनको तितो अनुभावले चेतिएकै कारण पार्टी विभाजनको पक्षमा खुलेर लाग्न पनि सकेका थिएनन् । तर वामदेवको प्रयासले कुनै माखो मार्न नसक्दा अन्तिम अवस्थामा आफै एमालेमा मिल्न लामो प्रयास नगरेका पनि होइनन्, तर एमालेले सहजै नस्किादाँ उनि एतान उताको बन्ने अवस्थामा पुगेका थिए । उनले सार्वजनिक समारोहमा नै पटकपटक आफु एमालेमा समाहित हुने चाहना व्यक्त गरे पनि उनलाई नत अध्यक्ष केपी शर्मा ओलीले नै हार्दिकताका साथ स्वागत गर्न सके नत उनको चाहनालाई एमालेमा उठाउँने कुनै नेता नै निस्कियो । उसोतः गौतम एमालेमा आउँन चाहेको बताउँदै आए पनि माधव नेपालसँग पनि उत्तिकै हिमचिममा थिए ।
गौतम, नेपालका पूराना वामपन्थी आन्दोलनका अग्रपङ्तीका नेताका रुपमा चिन्ने गरिन्छ । प्युठानमा २००४ सालमा जन्मिएका उनि वि.सं २०१९ सालबाट आन्दोलमा सक्रिय रुपमा लागेका थिए । उनि पहिलो पटक २०४८ सालमा बर्दिया १ बाट सांसदमा निर्वाचित बनेका थिए भने, २०५१ सालमा दोश्रो पठक सांसद् दोहोर्याए र २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचि हुँदा २०७४ सालमा भने निर्वाचनमा पराजित भएका थिए । पछि एमालेले उनलाई राष्ट्रियसभा सदस्यमा बनाएको थियो ।
उसोतः एकीकृत समाजवादी भित्रको विवाद र असमझदारी अहिले छताछ’ल्ल छ । अध्यक्ष माधव कुमार नेपाल आफै भ्रष्ट्राचार मुद्धामा मुछिएर सांसद पदसमेत निलम्बनमा परेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई काभ्रेको पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैया बिगो जरिवाना सहित मुद्धा दायर गरेको थियो । भने हाल उनि माथि अनुसन्धान भइरहेको छ । त्यति मात्रै होइन पार्टीकी प्रभावसाली नेतृ मानिएकी रामक’मारी झाक्रिले आफ्नै अध्यक्षलाई मरेको सिनोको संज्ञा दिदै मार्ग प्रसस्त गर्न च’नौती दिएकी थिन् ।
आज यिनै नेताहरु वामदेव गौतम र माधव नेपालको पार्टीबिच पूर्वनिर्धारित समय र स्थान अनुसार एकता घोषणा आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहको एक समारोहमा हुने कार्यक्रम हुदैँछ । यस एकता घोषणालाई माधव नेपाल र वामदेव गौतमबिचको पुनः मिलनको रुपमा लिइएको छ । यस एकतालाई दुई पूर्व एमालेकर्मी बिचको एकताका रुपमा विश्लषण भइरहेको छ । गत असार २७ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकता गर्ने गरी हस्ताक्षर गर्दै एकता गर्ने घोषणा गरेका थिए ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












