बेलायत, फ्रान्स र जर्मनी पुनः इरानसँग आणविक वार्ताकाे तयारीमा
लण्डन । बेलायत, फ्रान्स र जर्मनी (ई–३ समूह) का प्रतिनिधिहरूले इरानसँग पुनः आणविक कार्यक्रमसम्बन्धी वार्ता गर्ने तयारी गरिरहेको जर्मन कूटनीतिक स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, “युरोपेली पक्ष इरानसँग समन्वयमा छ, र आगामी साताभित्र वार्ता आयोजना गर्ने प्रयास भइरहेको छ ।” इरान वार्तामा सहभागी नभए अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः लाग्ने सम्भावनाबारे युरोपेली देशहरूले यसअघि नै औपचारिक रूपमा संकेत गरिसकेका छन् ।
इरानी समाचार संस्था (इसीबी) तासनीमले पनि एक अज्ञात स्रोतको हवाला दिँदै इरानले युरोपेली मुलुकहरूसँग वार्ता गर्न सकारात्मक संकेत दिएको उल्लेख गरेको छ । वार्ताको मिति र स्थानको टुंगो लगाउने विषयमा छलफल चलिरहेको छ ।
वार्ताबाट टाढा रहँदा प्रतिबन्धको सम्भावना
हालै इरानका परराष्ट्र मन्त्री अब्बास अराघचीले बेलायत, फ्रान्स, जर्मनीका समकक्षी तथा युरोपेली संघकी विदेश नीति प्रमुख काया कालाससँग टेलिफोन संवाद गर्नुभएका थिए । संवादको क्रममा युरोपेली पक्षले वार्तामा चाँडै फर्कन आग्रह गर्दै, अन्यथा सन् २०१५ को आणविक सम्झौताअन्तर्गत हटाइएका प्रतिबन्ध पुनः लागू हुन सक्ने चेतावनी दिनुभएका थिए ।
पहिले भएका वार्ता अवरुद्ध
यसअघि इरान र संयुक्त राज्य अमेरिकाबीच ओमानको मध्यस्थतामा केही चरणको वार्ता सम्पन्न भए पनि, जुन १३ मा इजरायलले इरानमाथि १२ दिनसम्म आक्रमण गरेपछि सो वार्ता स्थगित भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग सहकार्य गर्दै इरानका आणविक केन्द्रहरूमा आक्रमणको निर्णय लिँदा वार्ताको प्रक्रिया अवरुद्ध भएको थियो ।
यथार्थपरक समाधानको खोजीमा युरोपेली प्रयास
जर्मन कूटनीतिक स्रोतले भन्नुभयो,“इरानले कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो । त्यसैले जर्मनी, फ्रान्स र बेलायतले ई३ ढाँचामार्फत दीर्घकालीन, भरोसापूर्ण र कूटनीतिक समाधानको खोजीलाई निरन्तरता दिइरहेका छन् ।” इरानले भने आफू आणविक हतियार बनाउने उद्देश्यमा नरहेको बताउँदै आएको छ।
सन् २०१५ को सम्झौता र वर्तमान अवस्था
सन् २०१५ मा इरान र विश्व शक्तिहरूबीच भएको संयुक्त समग्र कार्य योजना ९जेसीपीएओ० अन्तर्गत इरानले आफ्नो आणविक गतिविधिमा केही सीमाहरू राख्ने सहमति गरेको थियो, जसको बदलामा उसमाथि लागेका आर्थिक प्रतिबन्धहरू हटाइएको थियो ।तर सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौताबाट अमेरिका फिर्ता लिँदै इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि उक्त सम्झौता संकटमा परेको थियो ।
सम्झौतामा प्रगति नभए थप कदम चालिने सङ्केत
जर्मन कूटनीतिक स्रोतले अन्त्यमा उल्लेख गरेअनुसार,“यदि आगामी केही महिनामा समाधानतर्फ प्रगति नभएको खण्डमा, युरोपेली ई–३ समूहले प्रतिबन्ध पुनः लगाउने विकल्प खुला राखेको छ ।”
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











