बेलायत, फ्रान्स र जर्मनी पुनः इरानसँग आणविक वार्ताकाे तयारीमा
लण्डन । बेलायत, फ्रान्स र जर्मनी (ई–३ समूह) का प्रतिनिधिहरूले इरानसँग पुनः आणविक कार्यक्रमसम्बन्धी वार्ता गर्ने तयारी गरिरहेको जर्मन कूटनीतिक स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, “युरोपेली पक्ष इरानसँग समन्वयमा छ, र आगामी साताभित्र वार्ता आयोजना गर्ने प्रयास भइरहेको छ ।” इरान वार्तामा सहभागी नभए अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः लाग्ने सम्भावनाबारे युरोपेली देशहरूले यसअघि नै औपचारिक रूपमा संकेत गरिसकेका छन् ।
इरानी समाचार संस्था (इसीबी) तासनीमले पनि एक अज्ञात स्रोतको हवाला दिँदै इरानले युरोपेली मुलुकहरूसँग वार्ता गर्न सकारात्मक संकेत दिएको उल्लेख गरेको छ । वार्ताको मिति र स्थानको टुंगो लगाउने विषयमा छलफल चलिरहेको छ ।
वार्ताबाट टाढा रहँदा प्रतिबन्धको सम्भावना
हालै इरानका परराष्ट्र मन्त्री अब्बास अराघचीले बेलायत, फ्रान्स, जर्मनीका समकक्षी तथा युरोपेली संघकी विदेश नीति प्रमुख काया कालाससँग टेलिफोन संवाद गर्नुभएका थिए । संवादको क्रममा युरोपेली पक्षले वार्तामा चाँडै फर्कन आग्रह गर्दै, अन्यथा सन् २०१५ को आणविक सम्झौताअन्तर्गत हटाइएका प्रतिबन्ध पुनः लागू हुन सक्ने चेतावनी दिनुभएका थिए ।
पहिले भएका वार्ता अवरुद्ध
यसअघि इरान र संयुक्त राज्य अमेरिकाबीच ओमानको मध्यस्थतामा केही चरणको वार्ता सम्पन्न भए पनि, जुन १३ मा इजरायलले इरानमाथि १२ दिनसम्म आक्रमण गरेपछि सो वार्ता स्थगित भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग सहकार्य गर्दै इरानका आणविक केन्द्रहरूमा आक्रमणको निर्णय लिँदा वार्ताको प्रक्रिया अवरुद्ध भएको थियो ।
यथार्थपरक समाधानको खोजीमा युरोपेली प्रयास
जर्मन कूटनीतिक स्रोतले भन्नुभयो,“इरानले कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो । त्यसैले जर्मनी, फ्रान्स र बेलायतले ई३ ढाँचामार्फत दीर्घकालीन, भरोसापूर्ण र कूटनीतिक समाधानको खोजीलाई निरन्तरता दिइरहेका छन् ।” इरानले भने आफू आणविक हतियार बनाउने उद्देश्यमा नरहेको बताउँदै आएको छ।
सन् २०१५ को सम्झौता र वर्तमान अवस्था
सन् २०१५ मा इरान र विश्व शक्तिहरूबीच भएको संयुक्त समग्र कार्य योजना ९जेसीपीएओ० अन्तर्गत इरानले आफ्नो आणविक गतिविधिमा केही सीमाहरू राख्ने सहमति गरेको थियो, जसको बदलामा उसमाथि लागेका आर्थिक प्रतिबन्धहरू हटाइएको थियो ।तर सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौताबाट अमेरिका फिर्ता लिँदै इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि उक्त सम्झौता संकटमा परेको थियो ।
सम्झौतामा प्रगति नभए थप कदम चालिने सङ्केत
जर्मन कूटनीतिक स्रोतले अन्त्यमा उल्लेख गरेअनुसार,“यदि आगामी केही महिनामा समाधानतर्फ प्रगति नभएको खण्डमा, युरोपेली ई–३ समूहले प्रतिबन्ध पुनः लगाउने विकल्प खुला राखेको छ ।”
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












