ताजा समाचार

विद्यार्थी तथा हिमाल आरोहीहरुलाई एमाले संखुवासभा-काठमाडौं सम्पर्कमञ्चद्वारा सम्मान !

काठमाडौं । नेकपा एमाले संखुवासभा काठमाडौं सम्पर्क मञ्चले विभिन्न विद्यार्थी तथा हिमाल आरोहीहरुलाई सम्मान गरेको छ । काठमाडौंको बानेश्वरमा रहेको इन्द्रेणी कम्पलेक्समा साउन ३ गते आयोजित कार्यक्रममा एसईई तथा कक्षा १२ र विभिन्न हिमालहरुको सफल आरोहण गर्ने संखुवासभाली आरोहीहरुलाई  मञ्चले सम्मान गरेकाे हाे ।

नेकपा एमालेका केन्द्रीय कमिटि सचिव, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एसईई पास भएका ५० जाना, कक्षा १२ को परिक्षा दिएर बसेका ७ जना र विभिन्न हिमालको सफल आरोहण गर्ने संखुवासभाका १५ जना हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेता योगेश भट्टराई सहित प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रिय कमिटि सदस्य तुलसी न्यौपाने लगायत विभिन्न प्रदेश तथा स्थानीय तहका नेताहरू तथा कार्यकर्ताहरुका साथै संखुवासभा जिल्लाका विभिन्न व्यक्तीहरूकाे उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलार्य विभिन्न छेत्र का विषय विज्ञहरुबाट ‘करियर काउनसिलिङ’ तथा भविष्यमा के गर्ने ? कसरी गर्ने ? गर्दा को सँग समन्वय गरेर गर्ने ? र हाम्रा सम्भवानाका साथै चुनौतीका विषयमा प्रशिक्षित समेत गरिएको सम्पर्क मञ्चका अध्यक्ष वासु पाण्डेले बताएका छन् ।

कार्यक्रममा निजामती सेवा प्रशिक्षक कुबेर अधिकारी, संगितकार बादल लिम्बु, प्रशन्न धमाला र कलाकार सरोज भण्डारीले अफ्नो प्रस्तुति दिएका थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org