विद्यार्थी तथा हिमाल आरोहीहरुलाई एमाले संखुवासभा-काठमाडौं सम्पर्कमञ्चद्वारा सम्मान !
काठमाडौं । नेकपा एमाले संखुवासभा काठमाडौं सम्पर्क मञ्चले विभिन्न विद्यार्थी तथा हिमाल आरोहीहरुलाई सम्मान गरेको छ । काठमाडौंको बानेश्वरमा रहेको इन्द्रेणी कम्पलेक्समा साउन ३ गते आयोजित कार्यक्रममा एसईई तथा कक्षा १२ र विभिन्न हिमालहरुको सफल आरोहण गर्ने संखुवासभाली आरोहीहरुलाई मञ्चले सम्मान गरेकाे हाे ।
नेकपा एमालेका केन्द्रीय कमिटि सचिव, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एसईई पास भएका ५० जाना, कक्षा १२ को परिक्षा दिएर बसेका ७ जना र विभिन्न हिमालको सफल आरोहण गर्ने संखुवासभाका १५ जना हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेता योगेश भट्टराई सहित प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रिय कमिटि सदस्य तुलसी न्यौपाने लगायत विभिन्न प्रदेश तथा स्थानीय तहका नेताहरू तथा कार्यकर्ताहरुका साथै संखुवासभा जिल्लाका विभिन्न व्यक्तीहरूकाे उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुलार्य विभिन्न छेत्र का विषय विज्ञहरुबाट ‘करियर काउनसिलिङ’ तथा भविष्यमा के गर्ने ? कसरी गर्ने ? गर्दा को सँग समन्वय गरेर गर्ने ? र हाम्रा सम्भवानाका साथै चुनौतीका विषयमा प्रशिक्षित समेत गरिएको सम्पर्क मञ्चका अध्यक्ष वासु पाण्डेले बताएका छन् ।
कार्यक्रममा निजामती सेवा प्रशिक्षक कुबेर अधिकारी, संगितकार बादल लिम्बु, प्रशन्न धमाला र कलाकार सरोज भण्डारीले अफ्नो प्रस्तुति दिएका थियो ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...












