महादेवको दर्शन गर्न गएका एक दर्शनार्थीको हत्या
काठमाडौं । सिन्धुलीको मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएका एक दर्शनार्थीको हत्या भएको छ । दुधौली नगरपालिका २ स्थित मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएको एक दर्शनार्थीको आफ्नै साथीहरूको समूहले आपसी विवादमा हत्या गरेर फरार भएका छन् ।
मन्दिर दर्शन गर्नका लागि गएका एक दर्शनार्थीको समूहले एक जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले अनुमान लगाएको छ । मृतकको पहिचान खुलेको छैन, घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वाज सुवेदीले भने, स्थानीय पदमबहादुर घिसिङको मतान(गोठ)मा एक पुरुषको सब फेला परेको छ, पुरुषको छातीमा चोट लागेको देखिन्छ, नजिकै चक्कु र हँसिया भएकाले धारिलो हतियार प्रयोग भएको अनुमान लगाएका छौ । उनले मृतक पुरुष भारतीय हुन् वा नेपाली नै हुन् पहिचान नभएको बताए ।
दुधौली नगरपालिका २ का वडा अध्यक्ष रितेश राउतले तीर्थयात्रीको हत्या भएको पुष्टि गरे । हिँडेर आएका तीर्थयात्रीहरु मतानमा आराम गर्न बसेका रहेछन्, सोही समयमा विवाद भएको हुनसक्ने अनुमान छ, समूहमा आएका अरू फरार भएका छन् उनले भने ।
मृतकको पहिचान र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले गोली चलेको आवाज आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटना बिहान करिब १० बजेतिरको समयमा भएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











