नेपाल–भारत गृह सचिवस्तरीय बैठक आजदेखि नयाँदिल्लीमा
काठमाडौँ। नेपाल–भारत गृह सचिवस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबारदेखि सुरु हुँदै छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत परराष्ट्र मन्त्रालयस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिवस्तरीय टोली सोमबार नयाँदिल्ली पुगेको छ ।
बैठकमा सीमा सुरक्षा, मानव तस्करी, लागुऔषध कारोबार जस्ता द्विपक्षीय समान चासोका विषयमा छलफल हुने छ । गृह मन्त्रालय शान्तिसुरक्षा महाशाखाका उपसचिव तथा सूचना अधिकारी रवीन्द्र अधिकारीले उच्चस्तरीय बैठकमा सीमा वारपार अपराध, मानव तस्करी, लागुऔषध ओसारपसार तथा कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
घटनाक्रम, सुरक्षा चुनौती र यसका समाधान पहिल्याउने उद्देश्यले दुई देशबिच गृह सचिवस्तरीय बैठक प्रत्येक वर्ष गर्ने सहमति भए पनि सन् २०१६ मा नयाँदिल्लीमा सम्पन्न बैठकपछि यस पटक हुन लागेको हो । बैठकमा दुई देशबिचको खुला सीमाबाट हुन सक्ने सुरक्षा चुनौती, चोरी तस्करीलगायत सुरक्षा संवेदनशीलताबारे गहन छलफल हुने जनाइएको छ । यसका साथै सीमा सुरक्षा थप प्रभावकारी बनाउन सूचना आदानप्रदान, प्राकृतिक प्रकोपलगायतका साझा समस्याका विषयमाथि बैठक केन्द्रित रहने बताइएको छ ।
बैठकमा सीमा अतिक्रमण, सीमास्तम्भको मर्मतसम्भार, सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनालगायतका विषयमा पनि छलफल हुने छ । सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना, सडकलगायतका कारण हुने गरेको डुबान र यसको समाधानबारे बैठकमा छलफल हुने छ ।विगत नौ वर्षदेखि रोकिएको यो बैठक तयारीका लागि गत चैतमा नेपाल–भारत सहसचिवस्तरीय बैठक पोखरामा सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












