नेपाल–भारत गृह सचिवस्तरीय बैठक आजदेखि नयाँदिल्लीमा
काठमाडौँ। नेपाल–भारत गृह सचिवस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबारदेखि सुरु हुँदै छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत परराष्ट्र मन्त्रालयस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिवस्तरीय टोली सोमबार नयाँदिल्ली पुगेको छ ।
बैठकमा सीमा सुरक्षा, मानव तस्करी, लागुऔषध कारोबार जस्ता द्विपक्षीय समान चासोका विषयमा छलफल हुने छ । गृह मन्त्रालय शान्तिसुरक्षा महाशाखाका उपसचिव तथा सूचना अधिकारी रवीन्द्र अधिकारीले उच्चस्तरीय बैठकमा सीमा वारपार अपराध, मानव तस्करी, लागुऔषध ओसारपसार तथा कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
घटनाक्रम, सुरक्षा चुनौती र यसका समाधान पहिल्याउने उद्देश्यले दुई देशबिच गृह सचिवस्तरीय बैठक प्रत्येक वर्ष गर्ने सहमति भए पनि सन् २०१६ मा नयाँदिल्लीमा सम्पन्न बैठकपछि यस पटक हुन लागेको हो । बैठकमा दुई देशबिचको खुला सीमाबाट हुन सक्ने सुरक्षा चुनौती, चोरी तस्करीलगायत सुरक्षा संवेदनशीलताबारे गहन छलफल हुने जनाइएको छ । यसका साथै सीमा सुरक्षा थप प्रभावकारी बनाउन सूचना आदानप्रदान, प्राकृतिक प्रकोपलगायतका साझा समस्याका विषयमाथि बैठक केन्द्रित रहने बताइएको छ ।
बैठकमा सीमा अतिक्रमण, सीमास्तम्भको मर्मतसम्भार, सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनालगायतका विषयमा पनि छलफल हुने छ । सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना, सडकलगायतका कारण हुने गरेको डुबान र यसको समाधानबारे बैठकमा छलफल हुने छ ।विगत नौ वर्षदेखि रोकिएको यो बैठक तयारीका लागि गत चैतमा नेपाल–भारत सहसचिवस्तरीय बैठक पोखरामा सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











