ताजा समाचार

बागमती र गण्डकीमा भने ठूलो वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोजस्तै आज पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ ।

दिउँसो भने केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही ठाउँमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यस्तै राति कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँहरुमा हावाहुरीसमेत चल्ने सम्भावना छ । गएराति पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org