१२औं विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आईबीपीमा दुई कीर्तिमान बनाउँदै नेपाल तेस्रो
काठमाडौं । थाईल्याण्डको पटायामा १६ देखि १९ जुलाई २०२५ सम्म आयोजित १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आईबीपी च्याम्पियनसिपमा नेपालले दुई विश्व कीर्तिमान बनाएर इतिहास रच्दै तेस्रो स्थान हासिल गरेको छ । ९ जना खेलाडीहरूको दमदार प्रदर्शनले नेपाललाई ७ स्वर्ण, ५ रजत र २ कांस्यसहित कुल १४ पदक दिलाउँदै अन्तर्राष्ट्रिय मञ्चमा गौरवपूर्ण उपस्थिति दिलाएको छ।
करण बाडियाद्वारा विश्व कीर्तिमानसहित स्वर्ण
पुरुष सिनियर ६० केजी तौल समूहमा करण बाडियाले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा रजत जिते भने स्ट्रेन्थ लिफ्टिङ (हेक लिफ्ट) मा स्वर्ण पदक जित्दै २२० केजी वजन उठाएर नयाँ विश्व कीर्तिमान कायम गरे। उनको प्रदर्शनले प्रतियोगितामा नेपालको हैसियत थप मजबुत बनाएको छ। पुरुषतर्फ अन्यले शानदार प्रदर्शन गरे। सिनियर ६८ केजीमा मोहित गुप्ताले आईबीपीमा स्वर्ण हात पार्दा हेक लिफ्टमा कास्य जिते । मास्टर-१ समूहमा सानू कान्छा लामाले दुवै विधा आईबीपी र हेक लिफ्टमा रजत पदक ल्याए । मास्टर-२ तर्फ केदारमान स्थापितले आईबीपीमा स्वर्ण जित्दा सन्तोष काजी शाक्य रजत र राजेश श्रेष्ठ कास्य पदक विजेता बने । मास्टर-३ समूहमा कृष्ण सिंह शाहीले आईबीपीमा रजत र हेक लिफ्टमा स्वर्ण जित्दै नेपाली टीमको पदक तालिकामा थप योगदान गरे ।
अमृता खड्काले बनाए नयाँ विश्व कीर्तिमान
प्रतियोगितामा महिला खेलाडीहरूको प्रदर्शन उच्च रह्यो । सिनियर ५८ केजीमा अमृता खड्काले ७२.५ केजी वजन उठाउँदै नयाँ विश्व कीर्तिमान बनाउँदै आईबीपी र हेक लिफ्ट दुवैमा स्वर्ण जितिन् । उनले “हेक लिफ्ट च्याम्पियन अफ च्याम्पियन कप” पनि जितिन्, जुन प्रतियोगिताको विशेष उपाधि हो । त्यसैगरी सिनियर +८० केजी वर्गमा दीपा विष्टले आईबीपीमा स्वर्ण पदक जित्दै महिला ओभरअल च्याम्पियन बन्न सफल भइन् ।
टिम इभेन्ट्समा नेपाल तेस्रो
व्यक्तिगत सफलतासँगै टिम इभेन्टतर्फ पनि नेपालले तेस्रो स्थान हासिल गर्दै सम्पूर्ण प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति जनायो । १४ पदकसहितको यो ऐतिहासिक सफलताले नेपाललाई अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्गको नक्शामा अझ मजबुत रूपमा उभ्याएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











