१२औं विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आईबीपीमा दुई कीर्तिमान बनाउँदै नेपाल तेस्रो
काठमाडौं । थाईल्याण्डको पटायामा १६ देखि १९ जुलाई २०२५ सम्म आयोजित १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आईबीपी च्याम्पियनसिपमा नेपालले दुई विश्व कीर्तिमान बनाएर इतिहास रच्दै तेस्रो स्थान हासिल गरेको छ । ९ जना खेलाडीहरूको दमदार प्रदर्शनले नेपाललाई ७ स्वर्ण, ५ रजत र २ कांस्यसहित कुल १४ पदक दिलाउँदै अन्तर्राष्ट्रिय मञ्चमा गौरवपूर्ण उपस्थिति दिलाएको छ।
करण बाडियाद्वारा विश्व कीर्तिमानसहित स्वर्ण
पुरुष सिनियर ६० केजी तौल समूहमा करण बाडियाले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा रजत जिते भने स्ट्रेन्थ लिफ्टिङ (हेक लिफ्ट) मा स्वर्ण पदक जित्दै २२० केजी वजन उठाएर नयाँ विश्व कीर्तिमान कायम गरे। उनको प्रदर्शनले प्रतियोगितामा नेपालको हैसियत थप मजबुत बनाएको छ। पुरुषतर्फ अन्यले शानदार प्रदर्शन गरे। सिनियर ६८ केजीमा मोहित गुप्ताले आईबीपीमा स्वर्ण हात पार्दा हेक लिफ्टमा कास्य जिते । मास्टर-१ समूहमा सानू कान्छा लामाले दुवै विधा आईबीपी र हेक लिफ्टमा रजत पदक ल्याए । मास्टर-२ तर्फ केदारमान स्थापितले आईबीपीमा स्वर्ण जित्दा सन्तोष काजी शाक्य रजत र राजेश श्रेष्ठ कास्य पदक विजेता बने । मास्टर-३ समूहमा कृष्ण सिंह शाहीले आईबीपीमा रजत र हेक लिफ्टमा स्वर्ण जित्दै नेपाली टीमको पदक तालिकामा थप योगदान गरे ।
अमृता खड्काले बनाए नयाँ विश्व कीर्तिमान
प्रतियोगितामा महिला खेलाडीहरूको प्रदर्शन उच्च रह्यो । सिनियर ५८ केजीमा अमृता खड्काले ७२.५ केजी वजन उठाउँदै नयाँ विश्व कीर्तिमान बनाउँदै आईबीपी र हेक लिफ्ट दुवैमा स्वर्ण जितिन् । उनले “हेक लिफ्ट च्याम्पियन अफ च्याम्पियन कप” पनि जितिन्, जुन प्रतियोगिताको विशेष उपाधि हो । त्यसैगरी सिनियर +८० केजी वर्गमा दीपा विष्टले आईबीपीमा स्वर्ण पदक जित्दै महिला ओभरअल च्याम्पियन बन्न सफल भइन् ।
टिम इभेन्ट्समा नेपाल तेस्रो
व्यक्तिगत सफलतासँगै टिम इभेन्टतर्फ पनि नेपालले तेस्रो स्थान हासिल गर्दै सम्पूर्ण प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति जनायो । १४ पदकसहितको यो ऐतिहासिक सफलताले नेपाललाई अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्गको नक्शामा अझ मजबुत रूपमा उभ्याएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












