ताजा समाचार

थाइल्याण्डको फतैयामा ‘बिश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबीपी च्याम्पियनसिप’ सम्पन्न

बैंकक । यही २०२५ जुलाई १६ देखि १९ तारिखसम्म थाइल्याण्डको फतैयामा ‘विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबीपी च्याम्पियनसिप’ सम्पन्न भएको छ ।

नेपालबाट प्रतिनिधित्व गर्दै जीत हासिल गरेका खेलाडीहरुलाई थाइ नेपाली संघका अध्यक्ष लक्ष्मण केसी, उपाध्यक्ष बिनोद लामिछाने, संरक्षक कुमार कार्की, साँस्कृतिक विभाग प्रमुख बोईस लामा, सल्लाहकार नानू कार्की, सदस्य भगवती कार्कीलगायतले पुरस्कृत गर्दै बधाइ तथा शुभकामना दिनु भयो ।

विजयी खेलाडीहरुलाई बधाइ तथा शुभकामनासहित नगद एकलाख नेपाली रुपियाँ पुरस्कार दिँदै दोसल्ला ओडाएर हौसला प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा खेलाडीहरुका लागि डिनरको आयोजना गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org