ताजा समाचार

बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

काठमाडौं । बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई मान्यता दिने बताएका छन् । बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने स्टार्मरको भनाइ छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्टार्मरले गाजाको भयावह अवस्था अन्त्य गर्न इजरायल सरकारले ठोस कदम चाल्नुपर्ने, युद्धविराम घोषणा गर्नुपर्ने र दीर्घकालीन शान्ति प्रक्रियाप्रति प्रतिबद्ध हुनुपर्ने बताए।

यस्तै हमासले पनि सबै बन्धक छाड्नुपर्ने उनको भनाइ छ । तर हमासद्वारा गाजामा बन्धक बनाइएका इजरायलीका परिवारले भने बेलायतसहित युरोपेली देशहरूले प्यालेस्टाइनलाई मान्यता दिने योजनाको विरोध गरेका छन्। यस्तो कदमले ‘आतंकवादलाई मान्यता दिने’ आरोप उनीहरूले लगाएका छन्।

यसैबीच, गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्ला २४ घण्टामा कुपोषणका कारण थप सात जनाको मृत्यु भएको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org