ताजा समाचार

जनार्दनलाई स्पष्टीकरण सोध्ने तयारी, माओवादी केन्द्रमा हलचल !

काठमाडाैं । नेकपा माओवादी केन्द्रभित्रको विवाद थप झांगिने खतरा बढ्दै गएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड र विधि विधानको विषय उठाउदै फरक मत दर्ज गरेका उपमहासचिव जनार्दन शर्माको पक्षमा स्थायी समितिमा समेत कोहि नबोलेपछि उनी संकटमा परेका हुन् ।

पार्टी अध्यक्ष प्रचण्डको विकल्प नभएको निष्कर्षमा पुग्न थालेको माओवादी केन्द्रको स्थायी समिति बैठकले जनार्दनलाई आत्मालोचना गर्न सुझाएको थियो । तर, उनले आत्मालोचना गर्न अस्वीकार गर्दै २०६४ सालको ३० लाख मतको हिसाब खोज्दै प्रचण्डमाथि थप प्रश्न गरेका हुन् ।

जनार्दनले प्रचण्डमाथिको प्रहार नरोक्ने र आत्मालोचना पनि नगर्ने स्थिति बनेपछि आज सकिन लागेको स्थायी समितिले स्पष्टीकरण सोध्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।

‘जनार्दन जी अति नै माथि पुग्न थाल्नु भयो । सामान्य आत्मालोचनाको विषयमा समेत राजी नभएपछि अब स्पष्टीकरणको विकल्प देखिएन् । स्पष्टीकरण लिने र त्यसपछि थप कारबाही अघि बढ्ने कुरा देखिएको छ । अहिलेसम्म अध्यक्षले सपष्टीकरणसम्म जान हुन्न भन्नेमै जोड गरेकाले रोकिएको हो तर, अब अध्यक्षल चाहेर पनि रोकिने स्थिति बनेन् । सामान्य आत्मालोचनाको सट्टा ३० लाख मतको हिसाब प्रचण्डसंग मात्रै खोज्ने र आफ्नो जिल्लामा घटिरहेको जनमतको हिसाब नगर्ने हो भने त कसरी सहि बाटोमा जान सकिएला र ? आज स्पष्टीकरणको निर्णय होला ।’ एक स्थायी समिति सदस्यले न्यूज नेपालसंग भने ।

उसोतः जनार्दनले पार्टी विभाजन भने नगर्ने भनेका छन् । तर, माओवादी केन्द्रभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ भन्ने विषय भने चासोमा देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org