जनार्दनलाई स्पष्टीकरण सोध्ने तयारी, माओवादी केन्द्रमा हलचल !
काठमाडाैं । नेकपा माओवादी केन्द्रभित्रको विवाद थप झांगिने खतरा बढ्दै गएको छ ।
पार्टी अध्यक्ष प्रचण्ड र विधि विधानको विषय उठाउदै फरक मत दर्ज गरेका उपमहासचिव जनार्दन शर्माको पक्षमा स्थायी समितिमा समेत कोहि नबोलेपछि उनी संकटमा परेका हुन् ।
पार्टी अध्यक्ष प्रचण्डको विकल्प नभएको निष्कर्षमा पुग्न थालेको माओवादी केन्द्रको स्थायी समिति बैठकले जनार्दनलाई आत्मालोचना गर्न सुझाएको थियो । तर, उनले आत्मालोचना गर्न अस्वीकार गर्दै २०६४ सालको ३० लाख मतको हिसाब खोज्दै प्रचण्डमाथि थप प्रश्न गरेका हुन् ।
जनार्दनले प्रचण्डमाथिको प्रहार नरोक्ने र आत्मालोचना पनि नगर्ने स्थिति बनेपछि आज सकिन लागेको स्थायी समितिले स्पष्टीकरण सोध्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।
‘जनार्दन जी अति नै माथि पुग्न थाल्नु भयो । सामान्य आत्मालोचनाको विषयमा समेत राजी नभएपछि अब स्पष्टीकरणको विकल्प देखिएन् । स्पष्टीकरण लिने र त्यसपछि थप कारबाही अघि बढ्ने कुरा देखिएको छ । अहिलेसम्म अध्यक्षले सपष्टीकरणसम्म जान हुन्न भन्नेमै जोड गरेकाले रोकिएको हो तर, अब अध्यक्षल चाहेर पनि रोकिने स्थिति बनेन् । सामान्य आत्मालोचनाको सट्टा ३० लाख मतको हिसाब प्रचण्डसंग मात्रै खोज्ने र आफ्नो जिल्लामा घटिरहेको जनमतको हिसाब नगर्ने हो भने त कसरी सहि बाटोमा जान सकिएला र ? आज स्पष्टीकरणको निर्णय होला ।’ एक स्थायी समिति सदस्यले न्यूज नेपालसंग भने ।
उसोतः जनार्दनले पार्टी विभाजन भने नगर्ने भनेका छन् । तर, माओवादी केन्द्रभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ भन्ने विषय भने चासोमा देखिन्छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












