ताजा समाचार

दुर्गालाई धरौटीमा छोड्ने आदेशविरूद्ध महान्यायाधिवक्ताकाे कार्यालय सर्वोच्च जाने

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएकाे आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने भएको छ ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनकाे तीनकुने घटनामा मुख्य आराेपी मानिएका प्रसाईंलाई सोमबार उच्चका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियाे । याे आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको हाे ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार उच्च अदालतको आदेश मुलुकी फौजदारी कायविधि संहिता २०७५ विरूद्ध छ। प्रसाईंविरूद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा दायर भएको थियो।

प्रसाईंलाइ बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कुल २८ लाख धरौटी मागेको गरेकाे थियाे । उनले साे रकम सोमबार साँझ नै बुझाएर डिल्लीबजार कारागार छुटेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org