ताजा समाचार

‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रतिवेदन छानबिन समितिले सभामुखलाई हस्तान्तरण

काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई सो प्रतिवेदन बुझाएका हुन् ।

सोमबार रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको थियो । समितिले आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org