कैलाली कारागार झडपमा परेका एकजनाको मृत्यु, ४७ घाइते
धनगढी। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परेका एक जनाको मृत्यु भएको छ भने ४७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । झडपका ४७ जना घाइते उपचार गराइरहेका छन् । उक्त घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको हो। उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार काठमाडौं पुर्याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ। शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।
घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो देखाउँदै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। शनिबार दिउँसो मात्र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गरेर गृहमन्त्री लेखकले सुरक्षाको विषयमा चासो लिएका हुन् ।
कैलाली कारागारका कैदीले अवस्था अप्ठेरो बन्दै गएको जानकारी दुई साताअघि नै मानव अधिकार आयोगलाई गराएको खुलेको छ । मानवअधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टका अनुसार झडपपछि कारागारको अवस्था गम्भीर देखिएको छ । पूर्व सूचनालाई बेवास्ता गर्दा यो अवस्था आएकाले अब केन्द्रले नै सुनुवाइ गर्नुको विकल्प नभएको उनको भनाइ छ । १५० कैदी राख्ने क्षमताको कैलाली कारागारमा ६९५ कैदीबन्दी छन् । जसमा ५८ महिला छन्।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











