कैलाली कारागार झडपमा परेका एकजनाको मृत्यु, ४७ घाइते
धनगढी। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परेका एक जनाको मृत्यु भएको छ भने ४७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । झडपका ४७ जना घाइते उपचार गराइरहेका छन् । उक्त घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको हो। उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार काठमाडौं पुर्याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ। शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।
घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो देखाउँदै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। शनिबार दिउँसो मात्र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गरेर गृहमन्त्री लेखकले सुरक्षाको विषयमा चासो लिएका हुन् ।
कैलाली कारागारका कैदीले अवस्था अप्ठेरो बन्दै गएको जानकारी दुई साताअघि नै मानव अधिकार आयोगलाई गराएको खुलेको छ । मानवअधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टका अनुसार झडपपछि कारागारको अवस्था गम्भीर देखिएको छ । पूर्व सूचनालाई बेवास्ता गर्दा यो अवस्था आएकाले अब केन्द्रले नै सुनुवाइ गर्नुको विकल्प नभएको उनको भनाइ छ । १५० कैदी राख्ने क्षमताको कैलाली कारागारमा ६९५ कैदीबन्दी छन् । जसमा ५८ महिला छन्।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












