एएफसी यू–२० छनोट: नेपालले आज बलियाे टाेली उत्तर काेरियासँग खेल्दै
काठमाडौं । भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली यू–२० टोलीले आज बलियो टोली उत्तर कोरियाको यू–२० टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको उ.कोरीयाको यू–२० उमेर समूहका एसियन कप र विश्वकपको उपाधि जितिसकेको टोली हो । त्यति मात्र होइन उत्तर कोरिया यू–१७ एसियन कप र विश्वकपको पनि साविक विजेता हो ।
अहिले भइरहेको छनोट प्रतियोगितामा पनि उत्तर कोरिया सबैभन्दा बलियो टिमका रुपमा रहको छ। समूह ए मा उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० र आयोजक भुटानलाई १०–० ले हराएरको छ ।
नेपालले भने अहिलेसम्म जम्मा दुई गोल मात्र गरेको छ । भुटानसँग १–१ को बराबरीमा रोकिएको नेपालले साउदीलाई अन्तिम समयमको गोलममा बल्ल तल्ल १–० ले पराजित गरेको थियो ।
उत्तर कोरिया ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।
समूह विजेता बन्दै एसियन कप पुग्ने महत्वाकांक्षी लक्ष्यसहित थिम्पु पुगेपनि नेपालले मैदानमा त्यो अनुसारको प्रदर्शन गर्न सकेको छैन् । छनोटमा ८ समूहबाट समूह विजेता बन्ने टिम सिधै छनोट हुनेछ भने उपविजेता मध्ये उत्कृष्ट ३ टिमले पनि अन्तिम चरणमा खेल्ने अवसर पाउनेछन् ।
यसअघि नेपालले सन् २००४ मा नेपालले एएफसी यू–१९ महिला एसियन च्याम्पियनसिप मा उत्तर कोरियासँग खेलको थियो । जहाँ नेपाल १९–० को फराकिलो अन्तरले पराजित भएको थियो
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











