एएफसी यू–२० छनोट: नेपालले आज बलियाे टाेली उत्तर काेरियासँग खेल्दै
काठमाडौं । भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली यू–२० टोलीले आज बलियो टोली उत्तर कोरियाको यू–२० टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको उ.कोरीयाको यू–२० उमेर समूहका एसियन कप र विश्वकपको उपाधि जितिसकेको टोली हो । त्यति मात्र होइन उत्तर कोरिया यू–१७ एसियन कप र विश्वकपको पनि साविक विजेता हो ।
अहिले भइरहेको छनोट प्रतियोगितामा पनि उत्तर कोरिया सबैभन्दा बलियो टिमका रुपमा रहको छ। समूह ए मा उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० र आयोजक भुटानलाई १०–० ले हराएरको छ ।
नेपालले भने अहिलेसम्म जम्मा दुई गोल मात्र गरेको छ । भुटानसँग १–१ को बराबरीमा रोकिएको नेपालले साउदीलाई अन्तिम समयमको गोलममा बल्ल तल्ल १–० ले पराजित गरेको थियो ।
उत्तर कोरिया ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।
समूह विजेता बन्दै एसियन कप पुग्ने महत्वाकांक्षी लक्ष्यसहित थिम्पु पुगेपनि नेपालले मैदानमा त्यो अनुसारको प्रदर्शन गर्न सकेको छैन् । छनोटमा ८ समूहबाट समूह विजेता बन्ने टिम सिधै छनोट हुनेछ भने उपविजेता मध्ये उत्कृष्ट ३ टिमले पनि अन्तिम चरणमा खेल्ने अवसर पाउनेछन् ।
यसअघि नेपालले सन् २००४ मा नेपालले एएफसी यू–१९ महिला एसियन च्याम्पियनसिप मा उत्तर कोरियासँग खेलको थियो । जहाँ नेपाल १९–० को फराकिलो अन्तरले पराजित भएको थियो
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












