ताजा समाचार

धनकुटामा पिक अप दुर्घटना १७ घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौं । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिक अप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिक अप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परि पिक अपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् ।

उनिहहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घाइते हुनेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठार्ईको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आज गाईजात्राका लागि उनीहरू पिक अपमा धनकुटा बजार आउँदै गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org