ताजा समाचार

बिपिनको खोजमा आमा–बहिनी आज इजरायल पुग्दै !

काठमाडौँ। प्यालेष्टेनी विद्रोही समुह हमासले अपहरण कब्जामा रहेका नेपाली युवा बिपिन जोशीको अवस्थाबारे जानकारी लिन बिपीनका आमा पद्यमा जोशी र बिपिनका बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गरेका छन्।

इजरायलस्थित नेपाली दुतावास र इजरायल सरकारको समन्वयमा बिपिनका आमा र बहिनीलाई इजरायल बोलाइएको हो। सन् २०२३ अक्टोबर ७ मा भएको इजरायल र हमासबीचको युद्धका क्रममा इजरायलको किब्बुज आलुमिमबाट हमासले कब्जामा लिएका थिए।

हमासले अपहरण गरेका २ सय बढी बिभिन्न देशका नागरिकहरू मध्ये केहीलाई रिहा गरेता पनि बिपिनको अवस्था अज्ञात छ। परिवारजनको लगातारको अनुनय बिनयको आधारमा इजरायलले सरकारले उनका परिवारलाई इजरायल बोलाएको हो।

बिपीनका आमा र बहिनीसंग इजरायलको पराराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेट्ने कार्यक्रम तय भएको छ। बिपिनका आमा र बहिनी इजरायलमा १० दिन सम्म रहने छन् ।

यसैबीच उनका परिवारका सदस्यहरू इजरायल पुग्दा हमासले बिपिनलाई रिहा गर्ने वा उनको अवस्थाबारे जानकारी गराउने आशा बिपिनका परिवारमा रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org