दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ
काठमाडाैं । जेलमा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नीलाई सेयर मूल्य हेरफेर र घूसलगायतका थुप्रै आरोपमा पक्राउ गरिएको छ ।
पूर्व प्रथम महिला किम क्योन हीले मंगलबार सिओलमा भएको चार घण्टे अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरेपनि प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्ने आदेश जारी गरेको छ ।
दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरूलाई अभियोग लगाएर कारागारमा पठाउने लामो इतिहास छ । तर, पहिलोपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवैजना जेलमा परेका छन् ।
युनलाई गत वर्षको ‘असफल मार्शल–ल प्रयास‘का कारण मुलुकमा उत्पन्न अराजकता र आफ्नो पदच्युतसम्बन्धी मुद्दामा यसै वर्षको गत जनवरीमा पक्राउ गरिएको हो ।
५२ वर्षीया किमले दक्षिण कोरियामा बीएमडब्ल्यू विक्रेता डोइच मोटर्सका सेयरसम्बन्धी मूल्य हेरफेर योजनामा सहभागी भई ८० करोड वोन (५७७,९४० अमेरिकी डलर) भन्दा बढी कमाएको अभियोग लगाइएको छ ।
अन्य आरोपहरूमा, किमलाई २०२२ को संसदीय उपनिर्वाचन र गत वर्षको आमनिर्वाचनमा उम्मेदवार मनोनयनमा हस्तक्षेप गरेको आरोप पनि लागेको छ ।
किम मंगलबारको सुनुवाइमा कालो कोट र कालो स्कर्ट लगाएर गम्भीर मुद्रामा उपस्थित भएकी थिइन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












