दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ
काठमाडाैं । जेलमा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नीलाई सेयर मूल्य हेरफेर र घूसलगायतका थुप्रै आरोपमा पक्राउ गरिएको छ ।
पूर्व प्रथम महिला किम क्योन हीले मंगलबार सिओलमा भएको चार घण्टे अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरेपनि प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्ने आदेश जारी गरेको छ ।
दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरूलाई अभियोग लगाएर कारागारमा पठाउने लामो इतिहास छ । तर, पहिलोपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवैजना जेलमा परेका छन् ।
युनलाई गत वर्षको ‘असफल मार्शल–ल प्रयास‘का कारण मुलुकमा उत्पन्न अराजकता र आफ्नो पदच्युतसम्बन्धी मुद्दामा यसै वर्षको गत जनवरीमा पक्राउ गरिएको हो ।
५२ वर्षीया किमले दक्षिण कोरियामा बीएमडब्ल्यू विक्रेता डोइच मोटर्सका सेयरसम्बन्धी मूल्य हेरफेर योजनामा सहभागी भई ८० करोड वोन (५७७,९४० अमेरिकी डलर) भन्दा बढी कमाएको अभियोग लगाइएको छ ।
अन्य आरोपहरूमा, किमलाई २०२२ को संसदीय उपनिर्वाचन र गत वर्षको आमनिर्वाचनमा उम्मेदवार मनोनयनमा हस्तक्षेप गरेको आरोप पनि लागेको छ ।
किम मंगलबारको सुनुवाइमा कालो कोट र कालो स्कर्ट लगाएर गम्भीर मुद्रामा उपस्थित भएकी थिइन् ।
Comments
अरु समाचार
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...












