एशियन थाइ फुड्सले आईपीओ जारी गर्ने, हिमालयन सेक्युरिटीज निष्कासन प्रबन्धक
काठमाडाैं। नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (एटीएफ) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ ।
सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहक उपस्थित थिए ।
यो साझेदारीले एटीएफलाई सार्वजनिक बजारमा प्रवेश गर्न तथा विस्तारका लागि सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।
विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरूसहित एटीएफले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दछ । कम्पनीका लोकप्रिय ब्रान्डहरू जस्तै रमपम, टू पीएम र प्रितीले आफ्नो प्रामाणिक स्वाद र सुलभताका कारण बलियो पहिचान बनाएका छन् ।
एटीएफका प्रबन्ध निर्देशक महेश जाजुले भने, “हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँगको यो सम्झौताले हाम्रो विकास यात्रामा एउटा रोमाञ्चक अध्यायको सुरुवात गरेको छ । पुँजी बजारमा उहाँहरूको विशेषज्ञताले आईपीओ प्रक्रियालाई सहज बनाउनेछ, जसले हामीलाई नवप्रवर्तन र विश्वव्यापी पहुँचमा थप लगानी गर्न मद्दत गर्नेछ ।”
आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँट आउँदो महिनाहरूमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












