प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित
काठमाडौं । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो ।
विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो । उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । पुरीलाई देशका कर्णधारका रुपमा बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा नेपालको शिक्षामा आधुनिकिकरणको जग हाल्ने व्यक्तित्वको रुपमा प्याब्सन काठमाडौंले परिभाषित गरेको छ ।
यस्तै नीजि विद्यालयहरुलाई एकत्रित गर्ने देखि लिएर प्याब्सनको विधान निर्माण गर्दै असल संस्कारको विकास गर्ने तथा प्याब्सनको जिल्ला तथा केन्द्रको भवन निर्माण गरेर स्थायी भविष्य निर्माणको काम समेत पुरीले गरेको भन्दै प्रशंसा गरेको छ । यसैगरि आफ्नो जीवनका भोगाई हरुको साहित्यिक कृति खालि खुट्टा प्रकाशन गरेर नयाँ पुस्तालाई समेत उर्जा भर्ने काम गरेको भन्दै प्याब्सनले कृतज्ञता ब्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै मन्त्री पन्तले नीजि क्षेत्रले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । त्यसमा पनि सम्मानित पुरीले शैक्षिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सम्मानित पुरी शैक्षिक क्षेत्रका पथ प्रदर्शक रहेको भन्दै चर्चा गर्नुभयो ।
यसैबीच सम्मानित पुरीले काठमाडौं प्याब्सनले आफूलाई गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको शैक्षिक उन्नयनका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नीजि क्षेत्र सदैव सरकारका सारथिका रुपमा रहेको स्मरण गराउँदै राज्यले पनि सोहि अनुसारको भूमिका निर्वाह गरिदिनुपर्ने बताउनुभयो ।
पुरीले अहिले संसदीय समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक का सवालमा नीजि क्षेत्रले उठाएका मागहरूलाई गम्भिरतापूर्वक लिइदिन राजनीतिक दल, संसद र सरकारसँग आग्रह गर्नुभयो । यसअघि यहि सम्मानबाट पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठ सम्मानित हुनुभएको थियो ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











