ताजा समाचार

पानीकाे मोटर बन्द गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडाैं । पानी लगाइसकेपछि मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर विराटनगरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ ।

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार विराटनगर महानगरपालिका–४ इक्राहीका ६० वर्षीय लक्ष्मण यादवको मृत्यु भएको हो । आफ्नै घरको पर्खालमा पानी लगाएर मोटर बन्द गर्ने क्रममा राति ८:३० बजेतिर यादवलाई अचानक करेन्ट लागेको उनले बताए ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org