ताजा समाचार

चुमनुब्रीमा आगलागी हुँदा ६ घर जलेर नष्ट

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–२ ल्हो गाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

शुक्रवार राती साँढे १० बजेतिर आगलागी हुँदा स्थानीय साम्दुक लामा, टासी लामा, छेवाङ रिक्देन, ओर्गेन लामा र तेनजिङ्ग लामाको घर जलेर नष्ट भएको चुमनुब्री–२ का वडाध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए । आगलागीका कारण साम्दुक लामाको दुई वटा घर जलेर ध्वस्त भएको हो ।

स्थानीय साम्दुक लामाको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी भरत बहादुर विकले बताए। ‘घरमा कोही नभएको बेला विद्युत् सर्ट भएर आगलागी भएको रहेछ,’ भने । ‘आगलागीबाट ६ वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रूपमा नष्ट भएको छ ।’ मानवीय र पशु चौपायाको क्षति भने नभएको प्रहरीको भनाई छ । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष मिङ्गयुर दोर्जे लामाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org