नेपालले विश्व बजारमा अटोमोबाइल पठाउन सक्छ : प्रधानमन्त्री
काठमाडौं । सरकारले नेपालमा पत्ता लागेको मिथेन ग्याँसको उत्पादन आगामी वर्षदेखि सुरु गर्ने भएको छ ।

१७ औँ नाडा अटो शोको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय १२ अर्ब मिथेन ग्याँस आगामी वर्षदेखि व्यावसायिक उत्पादन गर्ने गरी सरकारले तयारी गरेको बताएका छन् ।
विश्वमा आएको उच्चतम प्रविधिको प्रयोग गरी नेपालले पनि अटो मोवाइल्सका नयाँ उत्पादन गरेर विश्व बजारमा पठाउन सक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकार सदैव साथमा रहेको बताए ।

प्रधानमन्त्रीले सरकारले विकासका सम्पूर्ण पूर्वाधार तयार गरिसकेकाले अब निजी क्षेत्रले समेत नयाँ सम्भावना र युवाहरूका लागि रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए।
त्यसै गरी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य विकसित भइरहेको बेलामा निजी क्षेत्रले युवाहरूलाई रोजगारीको अवसरहरू सिर्जना गर्दै आएको बताए ।
समारोहमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको पनि उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











