ताजा समाचार

नेपालले विश्व बजारमा अटोमोबाइल पठाउन सक्छ : प्रधानमन्त्री

काठमाडौं । सरकारले नेपालमा पत्ता लागेको मिथेन ग्याँसको उत्पादन आगामी वर्षदेखि सुरु गर्ने भएको छ ।

१७ औँ नाडा अटो शोको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय १२ अर्ब मिथेन ग्याँस आगामी वर्षदेखि व्यावसायिक उत्पादन गर्ने गरी सरकारले तयारी गरेको बताएका छन् ।

विश्वमा आएको उच्चतम प्रविधिको प्रयोग गरी नेपालले पनि अटो मोवाइल्सका नयाँ उत्पादन गरेर विश्व बजारमा पठाउन सक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकार सदैव साथमा रहेको बताए ।

प्रधानमन्त्रीले सरकारले विकासका सम्पूर्ण पूर्वाधार तयार गरिसकेकाले अब निजी क्षेत्रले समेत नयाँ सम्भावना र युवाहरूका लागि रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए।

त्यसै गरी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य विकसित भइरहेको बेलामा निजी क्षेत्रले युवाहरूलाई रोजगारीको अवसरहरू सिर्जना गर्दै आएको  बताए ।

समारोहमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको पनि उपस्थिति रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org