भारत र चीनकाे लिपुलेक सम्झाैता नेपालकाे सार्वभाैमिकता विरूद्ध, तत्काल कुटनीतिक पहल गर्नुपर्छः एमाले दार्चुला
काठमाडौं । नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा पुनः प्रयोग गर्न भएको सम्झौताबारे तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेको छ ।
दार्चुलाको खलंगामा शनिबार र आइतबार दुई दिनसम्म चलेको नेकपा एमाले जिल्ला कमिटी बैठकले एक विज्ञप्ती सार्वजनिक गर्दै घटनाप्रति तत्काल ठोस कूटनीतिक पहल गरेर नेपालको अधिकार र स्वाभिमान जोगाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।
विज्ञप्तीमा भनिएकाे छ,‘नेपालको संविधान, ऐतिहासिक नक्सा र दस्तावेजहरूले स्पष्ट रूपमा प्रमाणित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य अङ्ग हुन्,’ जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेकका विषयमा कुनै तेस्रो पक्षले आफ्नो हितका लागि सम्झौता गर्नु अस्वीकार्य, असंवैधानिक, साम्राज्यवादी र औपनिवेशिक प्रवृत्तिबाहेक अरु केही होइन ।’
‘नेकपा (एमाले) दार्चुला सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज र युवाहरूलाई यो मुद्दामा एकताबद्ध भई राष्ट्रिय स्वाभिमानको रक्षार्थ दृढतापूर्वक आवाज उठाउन आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...











