भारत र चीनकाे लिपुलेक सम्झाैता नेपालकाे सार्वभाैमिकता विरूद्ध, तत्काल कुटनीतिक पहल गर्नुपर्छः एमाले दार्चुला
काठमाडौं । नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा पुनः प्रयोग गर्न भएको सम्झौताबारे तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेको छ ।
दार्चुलाको खलंगामा शनिबार र आइतबार दुई दिनसम्म चलेको नेकपा एमाले जिल्ला कमिटी बैठकले एक विज्ञप्ती सार्वजनिक गर्दै घटनाप्रति तत्काल ठोस कूटनीतिक पहल गरेर नेपालको अधिकार र स्वाभिमान जोगाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।
विज्ञप्तीमा भनिएकाे छ,‘नेपालको संविधान, ऐतिहासिक नक्सा र दस्तावेजहरूले स्पष्ट रूपमा प्रमाणित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य अङ्ग हुन्,’ जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेकका विषयमा कुनै तेस्रो पक्षले आफ्नो हितका लागि सम्झौता गर्नु अस्वीकार्य, असंवैधानिक, साम्राज्यवादी र औपनिवेशिक प्रवृत्तिबाहेक अरु केही होइन ।’
‘नेकपा (एमाले) दार्चुला सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज र युवाहरूलाई यो मुद्दामा एकताबद्ध भई राष्ट्रिय स्वाभिमानको रक्षार्थ दृढतापूर्वक आवाज उठाउन आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...












