बैंककमा हरितालिका–तीजको रौनक, १० हजारभन्दा धेरै महिलाको सहभागिता
बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १० हजारभन्दा धेरै महिलाको सहभागितामा विभिन्न कार्यक्रम गर्दै तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । थाई नेपाली संघ बैंकक शाखा महिला विभागको आयोजनामा आइतबार (अगस्ट २४ तारिख) भएको कार्यक्रममा तीज गीतमा नाचगान गर्दै मिठो–मिठो खानेकुरा खाएर रमाइलो गरियो । यस्तै कार्यक्रममा नृत्यलगायत विभिन्न प्रतियोगिता भयो र विजेताहरुलाई पुरस्कार प्रदान गरियो ।
नाचगान र खानपिनसँगै विभिन्न व्यक्तित्वहरुले मन्चमा तीज पर्व र यसको महत्व सम्बन्धमा विचार राखेका थाइ नेपाली संघका पूर्वअध्यक्ष एवम् वर्तमान संरक्षक कुमार कार्कीले न्यूज नेपाल डटकमलाई जानकारी दिनु भयो । कार्यक्रमको प्रमुख अतिथि थाइल्यान्डका लागि नेपाली आवासीय राजदूत धनबहादुर वलीकी धर्मपत्नी मिना ओली र थाइ सरकारका तर्फबाट उपगर्भनर सुन्थन छाट रहनु भएको थियो । तीज विशेष कार्यक्रम सफल बनाउन थाइ नेपाली संघ बैंकक शाखा अन्तर्गतका विभिन्न आठवटा उपशाखाहरुको सक्रियता रहेको थियो ।
कार्यक्रममा बैंककस्थित राजदूतावास, एनआएनए, एनसीसी लगायत विभिन्न संघसंस्था तथा कार्यालयका पदाधिकारी,प्रतिनिधिलगायतको विशेष उपस्थिति थियो । विभिन्न संघसंस्थामा आबद्ध दाजुभाईहरुले दिदीबहिनीहरुलाई दर खुवाउनु भयो ।
थाइ नेपाली संघ बैंकक शाखा महिला विभागकी प्रमुख संगीता कार्कीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि ओली र उपगर्भनर सुन्थन, एनआरएन एनसीसी थाइल्यान्डको वूमन को-अर्डीनेटर, थाइ नेपाली संघकी पूर्वअध्यक्ष एवम् वर्तमान संरक्षक वासना राईलगायतले मन्तव्य राखे । उनीहरुले तीज पर्व सांस्कृतिक एकता पर्व भएको जनाए ।
तिज विशेष कार्यक्रममा भाग्य चिठ्ठा खेलाइएको थियो । चिठ्ठामा एक लाख , ५० हजार, ३० हजार र २० हजार भाट पैसा पुरस्कार राखिएको थियो । यस्तै ‘मिसेज तीज’ प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृत गरियो । यसैगरी नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा थाइ नेपाली संघका वर्तमान अध्यक्ष लक्ष्मण केसी, बैंकक शाखा अध्यक्ष रामकुमार ढुंगाना र पदाधिकारी तथा सदस्यहरुको विशेष उपस्थिति रहेको थियो । थाई नेपाली संघ बैकक शाखा अन्तर्गतका सय जना बढी युवाले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












