बैंककमा हरितालिका–तीजको रौनक, १० हजारभन्दा धेरै महिलाको सहभागिता
बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १० हजारभन्दा धेरै महिलाको सहभागितामा विभिन्न कार्यक्रम गर्दै तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । थाई नेपाली संघ बैंकक शाखा महिला विभागको आयोजनामा आइतबार (अगस्ट २४ तारिख) भएको कार्यक्रममा तीज गीतमा नाचगान गर्दै मिठो–मिठो खानेकुरा खाएर रमाइलो गरियो । यस्तै कार्यक्रममा नृत्यलगायत विभिन्न प्रतियोगिता भयो र विजेताहरुलाई पुरस्कार प्रदान गरियो ।
नाचगान र खानपिनसँगै विभिन्न व्यक्तित्वहरुले मन्चमा तीज पर्व र यसको महत्व सम्बन्धमा विचार राखेका थाइ नेपाली संघका पूर्वअध्यक्ष एवम् वर्तमान संरक्षक कुमार कार्कीले न्यूज नेपाल डटकमलाई जानकारी दिनु भयो । कार्यक्रमको प्रमुख अतिथि थाइल्यान्डका लागि नेपाली आवासीय राजदूत धनबहादुर वलीकी धर्मपत्नी मिना ओली र थाइ सरकारका तर्फबाट उपगर्भनर सुन्थन छाट रहनु भएको थियो । तीज विशेष कार्यक्रम सफल बनाउन थाइ नेपाली संघ बैंकक शाखा अन्तर्गतका विभिन्न आठवटा उपशाखाहरुको सक्रियता रहेको थियो ।
कार्यक्रममा बैंककस्थित राजदूतावास, एनआएनए, एनसीसी लगायत विभिन्न संघसंस्था तथा कार्यालयका पदाधिकारी,प्रतिनिधिलगायतको विशेष उपस्थिति थियो । विभिन्न संघसंस्थामा आबद्ध दाजुभाईहरुले दिदीबहिनीहरुलाई दर खुवाउनु भयो ।
थाइ नेपाली संघ बैंकक शाखा महिला विभागकी प्रमुख संगीता कार्कीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि ओली र उपगर्भनर सुन्थन, एनआरएन एनसीसी थाइल्यान्डको वूमन को-अर्डीनेटर, थाइ नेपाली संघकी पूर्वअध्यक्ष एवम् वर्तमान संरक्षक वासना राईलगायतले मन्तव्य राखे । उनीहरुले तीज पर्व सांस्कृतिक एकता पर्व भएको जनाए ।
तिज विशेष कार्यक्रममा भाग्य चिठ्ठा खेलाइएको थियो । चिठ्ठामा एक लाख , ५० हजार, ३० हजार र २० हजार भाट पैसा पुरस्कार राखिएको थियो । यस्तै ‘मिसेज तीज’ प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृत गरियो । यसैगरी नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा थाइ नेपाली संघका वर्तमान अध्यक्ष लक्ष्मण केसी, बैंकक शाखा अध्यक्ष रामकुमार ढुंगाना र पदाधिकारी तथा सदस्यहरुको विशेष उपस्थिति रहेको थियो । थाई नेपाली संघ बैकक शाखा अन्तर्गतका सय जना बढी युवाले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











